मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने देखिन्छ । मन अस्थिर रहनाले पढाई विग्रन सक्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहनेछ। यो साता व्यापार व्यवसाय बाट प्रशस्त धन आर्जन हुनेछ । बोलीको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाई सँग रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा संलग्नता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । साझेदारीका कार्यबाट लाभ हुनेछ । अध्ययन अध्यापन कार्य कमजोर रहनेछ । विद्यार्थीका लागि प्रतिकुल रहेको छ । नोकरी गर्नेहरुका कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशिका लागि यो सा ता शुभ रहेको छ । साताको शुरुमा चन्द्रमाको गोचर पहिलो घरमा रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान बलियो रहनेछ । तपाईको कार्यको प्रशंसा हुनेछ । यो साता आर्थीक अवस्था मिश्रित रहनेछ । साथी भाई सँग रमाईलो भेटघाट हुने एवं सहकार्य हुने अवसर जुट्नेछ। व्यापार व्यवसायमा लगानी

अनुसार प्रतिफल मिल्न सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक छ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधा आउन सक्नेछ । सकारात्मक सोच का साथ परिश्रम गर्नु आवश्यक छ । आफना आफन्तको सहयोग बाट महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ। आईतबार र सोमबार बाह्रौं भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । जसले गर्दा तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । काममा बढि दौडधुप हुने तर उपलब्धि भने कम हात लाग्नेछ। मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ । नयाँ सवारी साधन जोड्ने योग छ । व्यापार व्यवसायमा विस्तार हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । सोमबार र मंगलबार भने अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्ने देखिन्छ । विद्यार्थीको पढाई बाहेक का गतिविधिमा मन जान सक्नेछ । सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताको शुरुमा लाभ स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यवसाय बाट प्रशस्त आम्दानी हुने देखिन्छ । आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यवसाय बाट उचित मुनाफा आर्जन हुनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट भने उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाइमा कमजोरी देखिन सक्ने हुनाले बढि ध्यान दिनु आवश्यक छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशिका लागि यो साता उत्तम रहने देखिन्छ । कर्म स्थानमा चन्द्रमा को गोचर बाट साताकोरुवात हुनाले यो साता नोकरी गर्ने हरुका लागि शुभ समय रहनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यवसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन्।