साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहनेछ। यो साता व्यापार व्यवसाय बाट प्रशस्त धन आर्जन हुनेछ । बोलीको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाई सँग रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा संलग्नता हुनेछ ।

तुला राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर नवम भावमा रहने हुनाले आफुले गर्ने हरेक कार्यमा भाग्यले साथ दिनेछ ।आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसाय बाट पनि उचित लाभ मिल्नेछ । कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ ।

त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । परिवारका सदस्य सँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि यो साता शुभ रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले बौद्धिक एवं सामाजिक कार्यमा सक्रियता बढ्नेछ। यो साता शारिरिक तथा मानसिक अवस्था सबल रहनेछ । सामाजिक एवं राजनितिक क्षेत्रमा तपाईको उचाई बढ्नेछ । सन्तान बाट सुख प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सुमधुर सम्बन्ध कायम हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । सहि योजना का साथ निरन्तर परिश्रम आवश्यक छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साताको शुरुमा लाभ स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यवसाय बाट प्रशस्त आम्दानी हुने देखिन्छ । आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यवसाय बाट उचित मुनाफा आर्जन हुनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट भने उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाइमा कमजोरी देखिन सक्ने हुनाले बढि ध्यान दिनु आवश्यक छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले आईतबार र सोमबार केहि कमजोर दिन रहेका छन। विशेष गरि स्वास्थ्य अवस्था कमजोर हुने एवं घरायसी समस्याले चिन्ता बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा महत्व पूर्ण सुधार हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। यि दिनहरुमा साथीभाई सँग रमाइलो कुराकानी हुने, उनिहरुको साथ र सहयोग प्राप्त हुने देखिन्छ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।