आजकल यस्ता कयौं उदाहारणहरु सुन्न र देख्न पाइन्छ । जहाँ धेरै युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेका छन् । हालसालै भएको एक अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ ।

शोधमा यसको पछिको कारण पनि बताइएको छ आखिर पुरुलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ ? युवाले विवाहित महिलालाई किन डेट गर्ने इच्छा राख्छन् ? त्यसका केही कारण यहाँ उल्लखे गरिएको छ । आत्मविश्वास विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् ।

उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ । हेरचाह विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा

पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ । हर्मोनमा आएको परिवर्तन विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउँछ ।

यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ । स्वभाव विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् ।

सका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् । यौनविवाहित महिला तर्फ अविवाहित पुरुष  आकर्षित हुनाको अर्को पक्ष यौन रहेको छ । यौनसम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरको अनुमान र अपेक्षा हुन्छ ।