योनिलाई नै महिलाको प्रमुख यौनअङ्ग मानिन्छ । महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन् । जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन । त्यसबाहेक मुख तथा

अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई यौन अङ्गका रूपमा नलिइए पनि हामीले प्राप्त गर्ने धेरैजसो यौनसुख यिनै अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । जाँध, तिघ्राको भित्री भाग, घाँटी, काखी आदि पनि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्ला, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याई आदि ।

पुरुषको तुलनामा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुनमा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा

आफूले चाहेअनुरुप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आशनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ । भगांकुर चलाउनु भगांकुर चलाउनु वा यसको घर्षण

नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र हो । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । चलाउने वा घर्षण गर्नेबाहेक

दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने उपायका रूपमा लिएका छन् ।

केही पसाउनु योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्न सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा त्यो स्वाभाविक रूपमै हुन्छ । त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ

प्रयोग गर्न बिर्सनु हुँदैन । त्यसरी पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । यौन प्रसाधनको प्रयोग भगांकुर होस् वा योनि,मैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप

दबाब, गति, तरिकामा गर्न सकिन्छ जसले आनन्द थप्छ नै । त्यसबाहेक शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द प्राप्त गर्ने कुरामा सहायक हुन्छन् । अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन

वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा भ्राइबेटर भनिने यौन प्रसाधन विभिन्न आकार तथा प्रकारमा पाइन्छन् ।

तुलनात्मक रूपमा यसको प्रयोगले यौन कतिपय महिलाले हस्तमैथुन गर्दा चरमसुख पनि राम्रोसँग प्राप्त गर्ने कुरा उल्लेख गरेका छन् । यौनसम्पर्क गरेर यौन चरमसुख प्राप्त गर्न गाह्रो

भएका महिलाहरूका लागि त हस्तमैथुन वरदान नै हो भन्न सकिन्छ । दुवै जना मिलेर कसरी बढीभन्दा बढी यौनआनन्द लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर हस्तमैथु

नसहितको विभिन्न यौन क्रियाकलाप गर्दा यौन आनन्द प्राप्त गर्न सहयोग मिल्छ । सामान्यत: यौनेच्छा पूरा भएपछिलिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर हस्तमैथु  थप यौनसम्पर्क वाहस्तमैथुन गर्न सकिँदैन । आफ्नो दैनिक जीवनलाई नै असर पार्ने गरी लत बसेको छ भनेचाहिँ चिकित्सकको मद्दत लिनुपर्छ ।साप्ताहिकबाट