काठमाडौँ । गायिका एलिना चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारप्रति साउन्ड सिस्टम व्यवसायीले खेद प्रकट गरेका छन् । फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा

गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको उनीहरूको आरोप छ । गायिका चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म ६ वा साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम

उपलब्ध नगराउने घोषणासमेत गरेका छन् । ‘हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर त्यही साउन्ड सिस्टम र स्पिकरलाई दोष दिई साउन्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउन्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू

निन्दनीय व्यवहारको घोर भर्त्सना एवम् विरोध गर्छौँ,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउन्ड सिस्टमलाई सराप्ने

र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेको उनीहरूको भनाई छ । ‘जुन कार्यक्रममा गए पनि उनले ‘साउन्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ । आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले

एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ,’ विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा थप भनिएको छ, ‘नाँच्न नजान्ने अनि आँगन नै टेडो रहेछ’ भनेर खोट लगाउने सतन संस्कारको धङधङीबाट माथि उठ्नुपर्छ । आफ्नो गायन प्रस्तुति

स्वरका कारण फितलो र फिक्का  भएपछि आयोजकले तय गरेको ‘साउन्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिँदादिँदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने रपाईँत्व देखाउने जस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथैपमानबोध भएको हुँदा भावी दिनमाकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौँ ।’