दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् ।

केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको अवस्थासम्म आइपुगेको हो । अहिले समाजमा नतोडिएको कुनै नियम छैन ।

यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका

रूपमा प्रयोग गर्ने महिलाको संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक हुन्— मोडल स्मिता थापा ।

सधैंभरि यस्तो जीवन कसरी चल्छ ? मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाइलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले दुइटी धर्मपुत्री पाल्दैछु । एक करोडको लगानीमा एउटा

बिजनेस सुरु गर्दैछु । आम्दानी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस्, जीवन मोजमा बिताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोलि समाजसेवामा मेरो नाम रहनेछ ।

विवाह नगरेपछि आफ्ना सन्तान हुँदैनन्, यसले एउटा महिलाको जीवन अपूरो भयो नि ?सन्ता नका लागि विवाह किन गर्नुपर्‍यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेन्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु, तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।