उनी घरीघरी लिपस्टिक र टीका लगाउँथे। आमा–बुबाले गाली गर्थे। दाजुहरु हकार्थे, ‘छोरा मान्छे भएर यस्तो गर्न लाज लाग्दैन?’ समय बित्दै थियो। रामको विवाह भयो। विवाह गर्ने बेला पनि उनलाई छोरी मान्छेसँग विवाह

गर्न मनै थिएन। तर, परिवारको अगाडि उनको केही लागेन। भन्छन्, ‘श्रीमतीसँग बस्दा, सम्बन्ध स्थापित गर्दा मलाई उकुसमुकुस हुन्थ्यो। एन्जाइटी जस्तो हुन्थ्यो।’ उनका दुई छोरा पनि जन्मिए। रामले आफ्नो पहिचान थाहा नपाएर थुप्रै वर्ष बिताए। उमेरसँगै जिम्मेवारी पनि बढ्दै गयो। एकदिन उनले परदेश जाने निधो गरे।

सन् २०१० मा उनी वैदेशिक रोजगारीका लागि मलेसिया गए। भन्छिन्, ‘नेपाल फिर्ता पठाइएका लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूको यकिन तथ्यांक हामीसँग छैन। उहाँहरु बल्ल आफ्ना समस्याका बारेमा बोल्न थाल्नु भएको छ।

हामी अहिले गुनासो सुन्ने चरणमा छौँ।’ देश फर्किए पनि सकिएका थिएनन् अभावका दिन। उनले काठमाडौंँमै गाडीमा काम गर्न थाले। गाडीका मानिसले पनि अनौठो व्यवहार गर्थे। अरु मानिस देखाएर भन्थे, ‘ऊ हेर त तिमी जस्तै मान्छे।’

उनलाई छोरीको रुपमा स्वीकार गर्न उनका बुबाआमा पनि तयार थिएनन्। उनले थुप्रै प्रकारका आलोचना खेप्नु पर्यो। उनी भने पिँजडाबाट निस्किएको चरी झैँ भएकी थिइन्। त्यतिबेला फरक यौनिकता भएकाहरु यौन व्यवसायमा संलग्न

थिए। सुनिताले पनि त्यही बाटो समातिन्। उनको पहिचान खुलेपछि श्रीमतीसँग सम्बन्धविच्छेद भयो। सुनिता महिलाको पहिरनमा निस्कन थालिन्। उनलाई आफू असाध्यै राम्री लाग्यो। तर, समाज र परिवारले उनलाई स्वीकार गरेन।

काम गर्न सहज भएन। उनी पूर्णकालीन यौनकर्मी भइन्। यो बाटो पनि उनका लागि त्यति सहज थिएन। भन्छिन्, ‘मानिसहरु मलाई छक्का, हिजडा भन्न थाले। उनहरु इसारा गरीगरी मलाई देखाउँथे। पीडा यति भयो कि मलाई

आत्महत्या गर्नेसम्म सोच आयो। मेरो मन र भावना नबुझ्ने यो दुनियाँ मलाई मन पर्नै छाडेको थियो। तर दुई छोरा सानै थिए। उनीहरुलाई असल नागरिक बनाउने सपनाले पनि मलाई फर्कायो।’

सुनिताले यौन व्यवसाय छोड्न थुप्रै पटक कोसिस गरिन्। कहिले होटल व्यवसाय सञ्चालन गरिन्। केही समय राम्रैसँग चलेको पनि थियो। तर, उनको फरक यौनिकता थाहा पाएपछि होटल सुक्यो। मेकअप सिकिन्। मेकअप आर्टिस्टका रुपमा काम गरिन्।

यो मौसमी कामले पनि उनको जीविकोपार्जन भएन। उनले यौनकर्म छोड्न पाइनन्। यो यात्रामा उनले आफूजस्ता थुप्रै साथी भेटिन्। उनीहरुका समस्या सुनिन्। फरक यौनिकता भएका आफूजस्तै मानिसहरुका अधिकारका लागि बोल्न थालिन्। आज पनि बोल्छिन्। उनीहरुलाई स्वीकार नै नगर्ने नेपाली समाज पनि बिस्तारै उदार हुँदै गएको छ। सुनिताको आत्मविश्वास पनि बढेको छ।