प्रेमिल जोडीलाई लक्ष्य गरेर चलाख होटल निर्माता कम्पनीहरूले परम्परागत तथा रुढीवादी समाज भएको भारतमा आफ्नो क्षमता विस्तार गरेका छन्। मुम्बईको सुन्दर उपवन

ताल क्षेत्र बिहान दौडने साइक्लिङ गर्ने तथा गाँ ‘जाको स’र्को ता’न्ने इच्छुक विद्यार्थीका लागि लोकप्रिय मानिन्छ। तर त्योभन्दा पनि बढीतालवरपर बनेका सडक छेउछाउमा सानो छाताभित्र बसेका दर्जनौं जोडी देखिन्छन्। त्यसो त अधिकांश भारतीय सहरमा यस्ता स्थान छन् जहाँ चञ्चलडीले सार्वजनिक स्थानमा गो’पनीय’ताको स्वाद हुन्छन्।

सामाजिक रूपमा रूढीवादी संस्कृति साना फ्ल्याट संयुक्त परिवार महँगा होटल तथा रिसाहा होटल मालिकका कारण यस्ता जोडी जाने ठाउँ त्यति हुँदैनन्। तर यो स्थितिमा परिवर्तन देखिँदैछ। अविवाहित जोडीलाई लक्षित गरेर थोरै समय बस्न बनाइका ‘लभ

होटल’ले एसियाका अन्य देशमा लोकप्रिय बनेका छन्। तर, भारतमा यस प्रकारको होटल कोठा बिक्री गर्न त्यति सजिलो नभएको ब्रेभिस्टे नामक एपका सहसंस्थापक प्रतीकसिंह बताउँछन्। यो एपले केही घन्टाका लागि होटलको कोठा बुक गर्न सहयोग गर्छ।

यो एपमा भारतका १५ सय होटल आबद्ध छन्। यो व्यापारिक मोडलको चुनौती भनेका होटल मालिकलाई विश्वास दिलाउनु होइन उनीहरूको सोच परिवर्तन गर्नु हो उनी भन्छन्। समानखाले सेवा दिने अर्को एप स्टेअंकलका अमित शर्मा भन्छन् जोडीले

चाहने भनेको कोठा हो निर्णय जजमेन्ट होइन। समलिंगीलाई समेत होटल रुम बुकिङ गर्ने उनको एपसँग १८ सय होटल समेटिएका छन्। तर नैतिक पुलिस ९मोरल पुलिसिङ० को व्यापकता रहेको देश भारतमा अधिकांशको धारणा यस्तो छैन।

उत्तराखण्डका मुख्यमन्त्रीले गत महिना च्या’तिएका जिन्स पाइन्ट लगाएर आफ्नो घुँडा देखाएकी एक महिलाप्रति आ’क्रो’श व्यक्त गरेका थिए। गत महिना सरकारी स्वामित्वमा रहेको हैदराबादको एक पार्कले एक सूचना नै जारी गरेर अविवाहित जोडीलाई

प्रवेश निषेध गरिएको बतायो। सार्वजनिक रूपमा यो सूचनाको व्यापक विरोध भएपछि पार्क अगाडि टाँसिएको उक्त सूचना निकालिएको थियो। हामी समग्र रूपमा परिपक्क हुनु

आवश्यक छ कोलकातामा रहेको एक होटलमा काम गर्ने अमित चक्रवर्ती भन्छन्। स्टेअंकल एपमा सूचीकृत भएको नयाँ दिल्लीको एक होटलका सञ्चालक सिकन्दर

यादव थप्छन् अन्य व्यवसायमा जस्तै उपभोक्तालाई खुसी पार्नु होटल व्यवसायको धर्म हो।’ होटल बुकिङका हरेका १० अर्डरमध्ये एकले कोठा सजावटलगायत विशेष सेवाको चाहना राख्ने उनी बताउँछन्। सम्बन्धमा गडबढी भएका जोडीले त ओछ्यानमा फूलले ‘सरी’ भनेर लेख्न लगाउने गरेको यादव बताउँछन्।