पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ। शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ। कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झगडा तथा मन मुटाव यति धेरै बढ्छ की

सम्बन्धमा दरार आउन समय लाग्दैन। आफ्नो जीवनसाथीसंग सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनाले सम्बन्धमा खट्पट आउन थाल्दछ। यदी तपाईको सहकर्मी पनि सानो सानो कुरामा रिसाउने गर्दछन् भने सबै भन्दा पहिले तपाईले त्यस्तो व्यवहार देखाउनुको पछाडिको कारण जान्न आवश्यक छ। त्यसको समाधान निकाल्न सक्नु

भएन भने कुनै ज्योतिषका उपाय अप्नाउनु उत्तर रहन्छ। ज्योतिषका अनुसार गुरु ग्रहको विवाहका कारण ग्रह मानिने गरिन्छ। विवाहको स्थान, जन्म पत्रिकाको सप्तम स्थान हुने गर्दछ। कुण्डलीमा यसको स्थान यदी सूर्य, गुरु, राहु, मंगल, शनि

जस्ता ग्रह भएका वा यी स्थानमा यिनको दृष्टी भएमा वैवाहिक जीवन सुखी हुन सक्दैन्। सप्तम स्थानमा सूर्य हुनु निश्चित सम्बन्ध विच्छेदको कारण हो। त्यही कुण्डलीमा गुरु कमजोर भएमा पनि विवाहसँग सम्बन्धीत समस्याको समाधान गर्नु पर्दछ।

शिव लिंगको पुजाः पति पत्नीले आफ्नो झगडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान् शिवको पुजा आरधना गर्नु भएमा तपाईको सम्बन्धमा सुधार आउन सक्छ। सिन्दुरको डिब्बा पति सुत्ने ठाउँमा राख्नेः यदी पती पत्नीबीच झगडा भइरहन्छ

भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओछ्यानको मुनी सिन्दुरको डिब्बा राखिदिनु पर्दछ। त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कुण्डलीको दोष मेटिन सक्छ।

गौमती चक्रः यति तपाई पति पत्नीबीच प्रेम बढाउन चाहनुहुन्छ भने तपाईले लगाउने गरेको सिन्दुरको डिब्बामा एउटा गौमती चक्र राख्नु पर्दछ। किनकी उक्त चक्रलाई शुभ मानिने गरिन्छ। यो पनि :-

हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै

पनि कमी नहुने धार्मीक विश्वास छ।जानिराखौँ ती काम: पुजा पाठ जुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ।

पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ। तुलसी
तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ,

उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ।

गोबर गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।

मन्दिर पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ।

तपाई कुनै काम गर्दै हुनुन्छ भने वार र राशी अनुसार काम गर्दा तपाईलाई फाइदा मिल्छ । हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपाईको खानपान, हिडडूल,

कामको शुरुवात लगायतका विषय रहेका छन् । तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ आइतबार: आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु, किन(बेच गर्ने , हवन गर्ने,

मन्त्र–उपदेश गर्ने, औसधि निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार उपयुक्त हुन्छ । सोमबार: यज्ञ गर्नु गराउनु, गाइ, भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चादी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त हुन्छ ,

मंगलबार: यसबारमा भेद गर्नु , अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्तास्राब कार्य गर्नु शुभ मानिन्छ । वुधबारः यस बारमा चातुर्य , दक्षता , पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु ,

शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला , नोकरी गर्नु , बादबिबाद गर्नु शुभ मानिन्छ। विहीवारः धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु , अध्ययन गर्नु , मन्त्र जप तप गर्नु , नया कामको अध्ययन गर्नु ,

वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ । शुक्रबारः यसबारमा गायन ,मणि , रत्न , हिरा , सुगन्ध , बस्त्र , उत्साह , अलंकार , बाणिज्य , व्यापार , गाइ(बस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ ।

शनिबारः यसबारमा झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह(प्रवेश), स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ ।पर्समा अक्षता राख्नाले

पनि बडि भन्दा बडी फाइदा हुन्छ। भानिन्छ कि पर्समा थोरै चामल राख्नाले फजुल खर्च रोकिन्छ। गोजीमा श्रीयंत्र राख्नाले पैसा सग जोडिएका सबै काम कुराहरुमा फाइदा मिल्दछ। यसलाई सधै आफ्नो पर्स मा राख्नुहोस। पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुन्छ। तपाइको पैसा फजुलमा खर्च हुने छैन र साथै जागिरमा पनि बढुवा हुन्छ।