खुट्टाको दोस्रो वा चोरी औँलामा बिछिया जसलाई कसैले बिच्छु पनि भन्ने गर्छन् । यो विशेष गरी विवाहित महिलाको औँलामा बढी देख्ने गरिन्छ । विशेष गरी तराइ भेगका महिलाहरूमा यो लगाउने प्रचलन बढी छ ।
वैज्ञानिक अर्थमा पनि खुट्टाको दोस्रो औँलाको नशा पाठेघर भई मुटुसम्म जोडेको हुन्छ । त्यस कारण खुट्टाको औँलामा यसरी बिछिया लगाउँदा पाठेघरमा दबाब सृजना गर्दछ जसले गर्दा नियमित रक्त प्रवाह गराई महिलाको महिनावारी चक्रलाई स्वस्थ र नियमित गराउन सहयोग गर्दछ । बिछियालाई सोह्र शृङ्गारकै अंश मानिन्छ ।
ज्योतिषशास्त्रका अनुसार विवाहित महिलाले खुट्टाको औँलामा औँठी लगाउनाले दाम्पत्य जीवनमा सुख शान्ति प्राप्त हुन्छ । महिलाले आफ्नो दोस्रो र तेस्रो औँलामा औँलाको औँठी लगाउनु पर्छ। यसो गर्दा पति पत्नीको सम्बन्ध सुमधुर रहन्छ । यसका साथै धनकी देवी लक्ष्मी पनि प्रसन्न हुन्छिन् । नकारात्मक ऊर्जा पनि टाढा रहन्छ ।
बिचिया रामायणसँग पनि सम्बन्धित छ । रावणले सीताको अपहरण गर्दा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले सजिलै भेट्न सकुन् भनेर आफ्नो बिछिया बाटोमा फालेकी थिइन् ।