गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढी सन्तान भ्रूणको रूपमा रहेको अवस्थालाई जनाउँछ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ ।

गर्भधारण प्रक्रियामा पुरुष र स्त्री बिचको सम्भोगपश्चात् पुरुषको शुक्राणु स्त्रीको योनीको माध्यमबाट गर्भाशयमा प्रवेश हुन्छ । गर्भाशयमा शुक्राणुले स्त्रीको अण्डलाई निषेचित गर्छ र स्त्रीको गर्भमा भ्रूणको निर्माण हुन्छ । गर्भधारण हरेक महिलाका लागि जीवनको सबैभन्दा मिठो अनुभव हो । तर यो अवस्थामा हुने केही यस्ता अनुभव पनि हुन्छन् जसबारे धेरैले खुलेर चर्चा गर्दैनन् ।

धेरै गर्भवती महिलाको अनुभवमा गर्भधारणका क्रममा दिसा कालो र ठोस् हुन्छ । गर्भावस्थाबाट गुज्रिरहेका कुनै पनि महिलाले शौचालयमा प्रतीक्षा गर्न सक्दैनन् ।कतिपय गर्भवती महिला मन चञ्चल हुँदा यो बेला डरलाग्दा कहानी सुन्न मन पराउँछन् ।

तर यसले उल्टै उनीहरूमा तनाव बढ्ने गर्दछ ।धेरैजसो महिलालाई गर्भावस्थामा प्रसव पीडा सहन नसक्ने हुने सुनाइएको हुन्छ गर्भवती हुँदा हर्मोन परिवर्तनका कारण महिला स–साना कुरामा पनि भावुक हुने गर्दछन् ।  अधिकांश महिलालाई यो अवस्थामा अचार र मिल्क शेक पिउन इच्छा हुन्छ ।गर्भवती महिलालाई राती निन्द्रा लाग्दैन तर दिउँसो वा अन्य समयमा भने लाग्न सक्छ ।