एजेन्सी – ज्योतिष शास्त्रका अनुसार आगामी दिनमा सूर्य, शुक्र र शनि ग्रहले आफ्नो चाल परिवर्तन गर्ने भएकाले १२ राशिफलमा पनि शुभ र अशुभ परिणाम आउने देखिन्छ ।

पञ्चाङका अनुसार २०२४ फेब्रुअरी १० मा चन्द्रमा मकर राशिमा हुनेछ तर दिउँसो शनिसँगै कुम्भ राशीमा बस्नेछ । जसको कारणले विष योग बन्नेछ। ज्योतिष शास्त्रका अनुसार विष योगको प्रभावका कारण मानिसले जीवनमा धेरै कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ। १० फेब्रुअरीमा विष योगको प्रभावले केही राशिका व्यक्तिहरूले जीवनमा

समस्याको सामना गर्नुपर्ने हुन सक्छ। यो योगको कारणले व्यक्तिको स्वास्थ्य सम्बन्धी समस्या बढ्छ। दाम्पत्य जीवनमा नकारात्मक असर परेको छ । जानौँ कुम्भ राशीमा शनि र चन्द्रमाको संयोगका कारण कुन राशिका व्यक्तिले सतर्क रहनुपर्छ ?

मकर: आर्थिक मामिलामा समस्या बढ्न सक्छ। आर्थिक हानि हुने संकेत देखिन्छ । पैसासँग सम्बन्धित निर्णयहरू आज स्थगित गर्नुहोस्। पारिवारिक जीवनमा समस्याको सामना गर्नु पर्नेछ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस् र अनावश्यक बहसबाट टाढा रहनुहोस्।

कुम्भ: आत्मविश्वासको कमी महसुस हुनेछ। मनमा आशा र निराशाको भाव रहनेछ। अत्याधिक खर्चले मन चिन्तित रहनेछ। दाम्पत्य जीवनमा समस्याको सामना गर्नु पर्नेछ। परिवारका सदस्यहरूसँग वैचारिक मतभेद सम्भव छ। अपरिचित डरले मनलाई विचलित बनाउन सक्छ।

मीन: कुनै कुरामा मन चिन्तित रहनेछ। काममा बाधा अड्चन आउन सक्छ । सन्तानको पक्षबाट समस्या आउन सक्छ। पार्टनरसँग मनमुटाव हुने संकेत देखिन्छ । अत्यधिक क्रोधबाट टाढा रहनुहोस् र आफ्नो बोली नियन्त्रण गर्नुहोस्।