मानिसहरु घरलाई आर्कषक र राम्रो बनाउनको लागी घरमा विभिन्न किसिमका आकर्षक खालका सामानले सजिसवाज गर्ने गर्दछन्, जसले घरलाई निकै सुन्दर बनाएको हुन्छ । तर वास्तु शास्त्रमा घरमा कस्ता समान राखे

र मात्र सजाउन मिल्छ भन्ने कुरा उल्लेख गरिएको छ । घरमा राख्न नहुने समान राखेमा घरमा निकै हानी गर्दछ । हिन्दुशास्त्रमा मात्र नभएर चिनियाँ संस्कृतिमा पनि वास्तुशास्त्रको विश्वास गरिएको छ । घरको सुख शान्तीको लागी चीनमा धेरैले चीनमा फेंगशुई घरमा सजाएर राख्ने गर्दछन्। यसैप्रति त्यहाँका नागरिकले विश्वास गरेका छन्,

उनीहरुको धारणा के छ भने फेंगशूई घरमा राख्नाले घरमा सुख समृद्धि प्राप्त हुन्छ । पछिल्लो समयमा फेंगशूई प्रति केहि नेपालीहरुले पनि आकर्षितको साथमा यसप्रति विश्वास लिन पनि थालेका छन् ।लाफिङ बुद्ध :

कुनै पनि व्यक्तिले आर्थिक सफलता प्राप्त गर्न सकेको छैन् भने लाफिङ बुद्ध घरमा राद्यन सक्नुहुन्छ, यसलाई राख्दा घरको मुख्यद्धारको छड्के तिर राख्नुपर्दछ । लाफिङ बुद्धलाई चिनियाँ वास्तुशास्त्रमाबुद्धको समृद्धिका देवता रुपमा लिएको छ

तीन सिक्का : धन र ऐश्वर्य एवम् समृद्धि प्राप्त गर्नको लागी घरको मुख्यद्धारमा रातो रिबनमा बाँधिएको फेंगसुईका तीन वटा सिक्का झुन्ड्याउनु पर्दछ । तर बाहिरी भागमा भने झुन्ड्याउनु हुदैन्, बाहिर झुन्ड्यएमा लक्ष्मी ढोकामा मात्र रहने शास्त्रमा

उल्लेख छ । त्यसैले मुल ढोकाको भित्री भागमा झुन्ड्याउनु पर्ने छ कछुवा : कछुवा पनि घरमा राख्नाले निकै शुध र घरमा सफलता, सम्पती र खुसियाली वुद्धि हुने छ । कुछवालाई घर वा कार्यलयमा उत्तर दिशामा भित्रपट्टी

फर्काएर राख्नुपर्दछ । तरु कछुवा राख्दा जोडी भने राख्नु हुदैन । एउटा मात्र राख्नुपर्दछ । गोल्डेन फिस : फेंगसुईका उल्लेख गरिए अनुसार घरमा गोल्डेन फिस राखेमा सौभाग्य, धनसम्पती, मान सम्मान वृद्धि हुनेछ । यसलाई बेडरुम

, भान्सा वा बाथरुममा भने राख्नु हुदैन्, सदैभरी यसलाई ड्राइङ रुममा राख्नुपर्दछ ।पवन घन्टी : पवन घन्टी घरमा राख्नाले विन्ड ताइन्सबाट निस्कने धुनले पुरै घरमा शान्त र सकारात्मक उर्जालाई वृद्धि बनाउनको कुरा चिनियाँ

वास्तुशास्त्रमा उल्लेख गरिएको छ । पवन घन्टीलाई हावा आइरहने ठाउँमा राख्नुपर्दछ । यसैगरी पति पत्नीबीचको प्रेममा कमी भयो भने तथा केही कुरामा सम्झदारी भएन भने घरमा कलह बढ्दै जान्छ। कहिले काही नचाहादा

नचाहदै सानो सानो कुरामा पति पत्नीबीच झगडा हुने गर्दछ। सानो सानो कुरामा मन मुटाब हसँदा सम्बन्धमा दरार पनि आउन सक्छ। त्यसैले घरको सुख, शान्ति तथा सम्मृद्धिका लागि पतिपत्नीबीच प्रेम तथा सदभाव हुन आवश्यक छ।

भारतका एक एस्ट्रोलोजर डा दीक्षा राठीका अनुसार घरमा सुख, समृद्धी राखिराख्न पतिले विहान गर्नु पर्ने केही अतिआवश्य कुरा उल्लेख गरिएकी छन्। उपहार:हरेक शुक्रबार पतिले पत्नीलाई सुगन्धित फूल

उपहार दिदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ र विवाद हटेर जान्छ।तिलक लगाउनुघरमा सुख शान्ति बनाइराख्न पतिले पत्नीका साथ निधारमा पहेलो तिलक लगाउनु सुभ मानिन्छ। पूजा गर्नु;घरमा सुख शान्ति कायम राख्नका

लागि हरेक विहान शिवलिङ्गसँगै माता पार्वतीको पनि पूजा गर्नु उत्तम मानिन्छ। पूजामा देवी मातालाई सिन्दुर चढाउन चाही भुल्नु हुँदैन्बे,डरुम सफा राख्नु:बेडरुम सफा राख्दा पनि पति पत्नीबीच प्रेम बढ्दै जान्छ। सुत्ने कोठामा राधा कृष्णका सुन्दर तस्वीर लगाउदा प्रेम बढ्दै जान्छ। र सुत्ने बेडमा जहिले पनि एउटै डसरा ओछ्याउदा शुभ मानिन्छ।