चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखेर सेयर गर्नुहोस, प्रायःजसो धर्ममा आस्थावानहरू भगवान वा दैवी शक्तिसँग प्राथना गर्दा वा आफ्ना सुख दुःखका कुरा गर्दा मनमनै पुकारा गर्छन् ।

अरूले आफ्नो मागबारे भरसक थाहा नपाउन भनेर कामना गर्ने गर्दछन् तर पाल्पामा एउटा यस्तो दैवी शक्ति भएको स्थान भएको विश्वास छ जहा भक्तजनहरू मनमनै होइन अरूलाई सुनाएरै आफ्ना कुरा गर्छन् । हे सत्यवती बज्यै, मैले यसै वर्षभित्र सरकारी जागिर पाउ, छोरा पाएमा फेरि तिम्रै शरणमा आउने छ, पढाइमा सफल हुन पाऊँ

, मनले चिताएका सबै कुरा पुगोस्, सबै कुराले भरिपूर्ण हुन पाउँ, तीनतले घर बनाउन पाऊँ, विट्रिस सेनामा भर्ती हुन पाऊँ आदिआदि । यी र यस्तै पुकारा गरी मनाइने पाल्पाको प्रसिद्ध सत्यवती तालमा – नेपालमै अनौठो पाल्पाको

सत्यवती मेला यसवर्ष लाग्ने भएको छ । विगतका केही वर्ष कोभिडका कारण चहपहल नभएको मेला यो वर्ष लाग्ने र यसको तयारी भएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । विगतमा ३ दिन लाग्ने मेला यो वर्ष राम्रो जोग

परेकोले ५ दिन लाग्ने समितिले जनाएको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ ।

यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने चलन छ । प्रायः रातीको समयमा पूजा गर्ने प्रचलन छ ।

आगामी कार्तिक १८ गते एकादशीबाट २२ गते पूर्णिमासम्म दर्शन गर्ने राम्रो जोग परेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । यो बेलाको पूजा विशेष हुने भएकाले पनि मेलाको महत्व छ ।

यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकांक्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किएलगत्तै सुनाउँदा उनको मृ’त्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर

माग्ने चलन बसेको स्थानीयले बताएका छन् । परापुर्व कालमा सत्यवती बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहा विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न आउनेको घुइँचो लाग्दछ । पाल्पा जिल्लासहित छिमेकी जिल्लाहरूका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका

क्षेत्रबाट भक्तजन आउने गर्दछन् । जिल्लाको गहनाका रूपमा स्थापित सत्यवती मन्दिरले देशभित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।

सहज तरिकाबाट पर्यटक भित्र्याउन स्थानीय सरकार लागिपर्ने बताउँदै श्रेष्ठले मन्दिर दर्शन गर्न चाहने शारीरिक अशक्तता भएका दर्शनार्थीलाई सवारीमा पुग्ने व्यवस्था गरिने जानकारी दिनुभयो । २४ माइल र झुम्सा पानी मिलबाट पुग्ने सडक मर्मत

र खोलामा कजबेको व्यवस्था गर्ने तयारी गरेको पालिकाले एकतर्फी बाटो खोल्ने जनाएको छ । मन्दिर व्यवस्थापनमा समिति र पालिकाले जोड दिएको छ । मन्दिर पुग्ने सडक मर्मत, मन्दिरमा पिउने पानी, ट्वाइलेटको थप व्यवस्थापन गरेको छ ।

मन्दिरको डीपीआर अनुसार पूर्वाधार विकासको काम थालिएको छ । यस वर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रुपियाँ भेटी उठ्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष गाहाले बताउनुभयो ।

मन्दिरमा करिब १ सय ५० बढी स्टलहरू राखिनेछ । मादक पदार्थ बिक्रीवितरण र सेवन रोकिनेछ । २४ माइलदेखि झुम्सासम्मको सडकमा हुने सवारी चाप व्यवस्थापनमा जोड दिने तिनाउ वडा नं ४ का वडाध्यक्ष तुल बहादुर आलेले बताउनुभयो ।

मेलामा भक्तजनहरूले आफ्ना भाकल र आकांक्षा चिच्चाएर अरुलाई सुनाएर व्यक्त गर्छन् । यहाँका कोही कोहीले वली दिने गरेको पाइन्छ भने धेरैजसोले परेवा उडाउँछन् । पाल्पाको तिनाउ गाउँपालिका वडा नं ४ अन्र्तगत पर्ने रहेको

ऐतिहासिक स्थल सत्यवती तालमा रहेको भनेर विश्वास गरिने र कान राम्ररी नसुन्ने माईसँग चिच्याएर वर माग्नु पर्नै अनौठो परम्परा छ । यहाँ मनमा लागेका कुरा सबैले सुन्नेगरी मानिसहरू बोल्छन् अर्थात चिच्याउँछन् । मानिसहरूमा यो विश्वास छ

कि चिच्याएर वा कराएर गरेको भाकल पुग्छ । कसरी गर्ने पूजाः सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै वर माग्नुपर्छ । स्थानीय संस्कृतिअनुसार चिच्याएर वर जसले माग्छ, उसलाई पूरा हुने विश्वासका साथ चिच्याउने गर्छन् ।

त्यसपछि तालको छेउमा बाँसको लिङ्गो गाडेर पूजा गर्ने चलन छ । त्यहाँ पूजा गरी बज्यैको मन्दिरमा दर्शन गरी टीका ग्रहण गर्न सकिने मन्दिर व्यवस्थापन समितिकाका सचिव लालबहादुर दर्लामीले बताउनुभयो ।

मन्दिर नजिकै पूजा गर्ने स्थान तोकिएको छ । त्यहाँ बलि चढाउने चलन पनि छ । बोका, पाथी, हाँस, राँगा चढाउने चलन रहेको छ । चुरे क्षेत्रको अग्लो स्थानमा रहेको सत्यवती ताल धार्मिक संगै जैविक विविधताले भरिएको धर्म कर्मसँगै अध्यन अवलोकनका लागि पर्यटकहरू आउने गरेको स्थानीय तथा वडा अध्यक्ष दान बहादुर गाँहाले बताउनुभयो ।