नेपालमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था छ। जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ। गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने

वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने खतरा देखियो भनेसमेत गर्भपतन गराउन सकिन्छ। विकलाङ्ग बच्चा जन्मनसक्नेसम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने छ। कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजाय हुनसक्छ। त्यस्तै प्रचलित कानुनले भ्रुणको

लिंग पहिचान गरेर त्यसको आधारमा गरिने गर्भपतनलाई अपराध मानेको छ। अहिलेसम्म पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेको संख्या नेपालमा बढ्दो रहेको चिकित्सक बताउँछन्। गर्भपतनलाई हामीले कसरी बुझ्ने ?

गर्भपतनको कस्तो अवस्थालाई असुरक्षित गर्भपतन मान्ने ? सुुरक्षित गर्भपतनमा के कस्ता कुरामा ध्यान दिनुपर्छ ? भन्ने विषयमा महिला रोग विशेषज्ञ डा. रुपा झासँगको कुराकानीः गर्भपतनलाई हामीले कसरी बुझ्ने ?

समय अगाडि अर्थात् २८ हप्ताभन्दा अघि जानीबुझी गर्भ तुहाइन्छ भने त्यसलाई गर्भपतन भनिन्छ। कस्तो अवस्थालाई असुरक्षित गर्भपतन मान्ने ? असुरक्षित गर्भपतन गराउनु आफ्नै ज्यानलाई जोखिममा राख्नु हो। गर्भपतन गराउने

औषधि बजारमा सस्तो र सहजै पाइन्छ। चिकित्सकको सल्लाहबिना आफैं किनेर औषधी खानुलाई असुरक्षित गर्भपतन मानिन्छ। अहिले यो प्रवृत्ति बढ्दो छ। अनिच्छामा बसेको गर्भलाई पतन गराउने भए महिनावारी रोकिने

बित्तिकै नजिककोचिकित्सक कहाँ गएर बच्चा कहाँ कस्तो अवस्थामा बसेको छ, हेरेर तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गराउँदा जोखिम कम हुन्छ। सुरक्षित गर्भपतनमा के कस्ता कुरामा ध्यान दिनुपर्छ ?नेपालमा गर्भपतनले कानुनी मान्यता

पाइसकेको छ। अनिच्छामा बसेको गर्भलाई पतन गराउन चहानुहुन्छ भने महिनावारी रोकिने बित्तिकै नजिकको चिकित्सक कहाँ गएर बच्चा कहाँ कस्तो अवस्थामा बसेको छ, हेरेर तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गराउँदा जोखिम कम हुन्छ।

नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो छ। यसको कारण के हो ? पछिल्लो १० वर्षमा नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या एकदमै बढ्दो छ। विद्यालय तहका किशोरीमा यो समस्या अझै धेरै बढेको पाइन्छ।

यसको कारण चेतनाको कमी हो। यौन शिक्षा जति पाउनुपर्ने हो त्यति मात्रामा विद्यार्थीले पाइरहेको अवस्था छैन। औषधिको जथाभावी प्रयोग, वैदेशिक रोजगारी, परिवार नियोजनका साधनको प्रयोगमा कमीलगायतका कारणले असुरक्षित गर्भपतन बढिरहेको देखिन्छ।

गर्भ रोक्नका लागि ७२ घण्टे औषधी प्रयोग बढी भएको पाइन्छ । यो औषधी कत्तिको प्रभावकारी छ ? औषधी आफैंमा नराम्रो होइन। पटक पटक परीक्षण गरेरै निकालिएको हो। यो आकस्मिक अवस्थामा प्रयोग हुने हो। सधैँ प्रयोग गरियो भने

यसले काम नगर्न पनि सक्छ। साथै रक्तश्राव हुने, तल्लो पेट दुख्ने, लगायतका समस्या निम्त्याउँछ। कतिपयले ७२ घण्टे चक्कीले गर्भ तुहाउने काम गर्छ भन्ने भ्रम छ। यसले गर्भ रोक्ने हो तुहाउने काम गर्दैन। पछिल्लो १० वर्षमा नेपालमा

असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो छ। विद्यालय तहका किशोरीमा यो समस्या अझै धेरै छ। यसको कारण चेतनाको कमी हो। यौन शिक्षा जति पाउनुपर्ने हो त्यति मात्रामा विद्यार्थीले पाइरहेको अवस्था छैन।

पछिल्लो समय धेरै महिलामा आफैं गर्भ खेर जाने समस्या बढ्दो छ, यो के कारण होला ? पटक पटक गर्भ खेर जाने समस्या भइरहेको छ भने यो जेनेटिक कारणले पनि हुनसक्छ। बच्चा राम्रो बनेन, बच्चाको शाखहरु मात्रै बन्यो अथावा हर्मोनको

मात्रा जति हुनुपर्ने हो त्यति भएन, गाडीमा लामो यात्रा गरियो भने पनि गर्भ खेर जाने समस्या हुन्छ। कति महिनासम्मको गर्भवतीले गाडीमा यात्रा गर्दा गर्भ खेर जाने सम्भावना हुन्छ ? सबैलाई यस्तो समस्या हुन्छ भन्ने छैन। गर्भावस्थाको पहिलो

र तेस्रो चरणमा गाडीको यात्रा नगर्नु भनिन्छ। तर पटक पटक गर्भ खेर जाने समस्या भएका महिलाले चिकित्सकको सल्लाहअनुसार गर्दा राम्रो हुन्छ। अहिले बढिरहेको असुरक्षित गर्भपतनलाई रोक्नका लागि के गर्न सकिन्छ ?

यो समस्या रोक्नका सरकारी तहबाटै पहल हुनु जरुरी छ। औषधी पसलमा बिना नीति नियम जुन औषधि बिक्री वितरण भइरहेको छ। सबैभन्दा पहिले त्यसको रोकथाम गर्नुपर्दछ। गर्भपतनले बाँझोपन हुने सम्भावना के छ ?

पटक पटक गर्भपतन गराउनु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । अझ औषधिको माध्यमबाट गर्भपतन गरायो भने फेरि चाहेको बेला बच्चा नबस्ने खतरासमेत हुन्छ । पछिल्लो समय कस्ता-कस्ता समस्या लिएर गर्भपतन गराउन आउने गरेका छन् ?

१३ वर्षदेखि ४९ वर्ष उमेर समूहका महिला गर्भपतनका लागि आउने गरेका छन्। १३/१४ वर्षका किशोरी खाना खान मन नलाग्ने, उल्टी हुने जस्ता समस्या लिएर आउँछन्। परीक्षण गर्दा गर्भवती भएको थाहा हुन्छ। त्यस्तै कतिपय महिनावारी

रोकिने बेला भएर हो कि समयमा महिनावारी भएन भनेर पनि आउँछन्। पटक पटक गर्भपतन गराउनु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । अझ औषधिको माध्यमबाट गर्भपतन गरायो भने फेरि चाहेको बेला बच्चा नबस्ने र पाठेघर फुट्ने खतरासमेत हुन्छ ।

गर्भपतन गराउने किशोरीको संख्या बढिरहेको अवस्थामा रोक्न के गर्नुपर्ला ? किशोरीमा यौन शिक्षा र परिवार नियोजनबारे सचेतना जगाउनु जरुरी छ। पहिले नै उनीहरुलाई यसबारे जानकारी हुँदा जोखिम अलि कम हुन्छ। साथै परिवारका

सदस्य अझ भनौं आमाले पनि छोरीको बारेमा बुझ्ने, महिनावारी समयमा भएको छ छैन, उसको संगत कस्तो छ ? किशोरावस्थामै हुने शारीरिक सम्पर्कले स्वास्थ्यमा असर गर्छ भन्ने ज्ञान सिकाउनु आवश्यक छ।

बढ्दो उमेरमा बच्चा जन्माउँदा पनि गर्भपतन हुने सम्भावना अधिक हुने हो ? उमेर बढ्दै गयो भने अण्डाको गुणस्तर र संख्या घट्दै जान्छ। यसले गर्भपतन हुने सम्भावना अधिक हुन्छ। साथै बढ्दो उमेर सँगसँगै थाइराइड, मधुमेह बढ्ने सम्भावना धेरै हुन्छ। त्यसैले १८ वर्षअघि र ३५ वर्षपछि बच्चा जन्माउँदा गर्भपतन हुने सम्भावना बढी रहन्छ