हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो| “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको 🙁 ?” लेख्नु भएको रहेछ| कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ|

झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ| मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन| फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्नउने प्रणाली बनाएको छ| त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन|

यतिबेला म अन्जलीलाइ के भनेर सम्झाउने भनेर सोच्दै छु| भोलि म काठमाडौं पुग्छु, उसकोमा जान्छु| मलाइ भेटेपछि उ झन् धेरै रुनेछे| यहाँ उसको आत्मसम्मान र हौसला मात्रै होइन मनमुटु सबै लुटिएको छ| यो देशमा केटि भएर जन्मिनु एउटा

अभिसाप हो| झन् ग्रामिण भेग, पुरातन र रुढिबादी सोच भएको समाजमा जन्मिनु अर्को अपराध हो| झन् दलितको कोखमा जन्मिनु अर्को पाप हो| यी सबैको सजायँ भोगिराखेकी छे अन्जली| अब मैले बिद्रोह गर्नुको बिकल्प देख्दिनँ|

म नभए कोहि न कोहि त बोल्नैपर्छ| आज नभए भोलि त बोल्नैपर्छ| अन्जली, अब हामीले चुनौती दिनुछ यो समाजलाई र यसकाटाउकेहरुलाई| तिमीहरुले बनाएको नियम, तिमीहरुले लादेको संस्कार हामीलाई स्वीकार्य छैन|

तिमीहरुले बिना पौरख पाएको तिमीहरुको जात तिम्रा बाउ बराजेले कुनै युध्द जितेर पाएका होइनन्| जबर्जस्ति लादिएको यो जात हामि अब त्यागीदिन्छौं| मर्ने बेलामा घिटघिट हुँदा रगत दिनेको जात कसैले सोध्दैन|

दवाई कुन जातको मान्छेले दियो कसैले खोज्दैन| किनकि त्यो बेला तिमीहरुलाई बाँच्नु मुख्य कुरा हुन्छ| अन्जली, यी सबै ढोंगीहरु हुन्| तिम्रा डाक्टर मामाले दलित भएपनि दिएको स्लाइन र सिटामोल यिनलाई चल्छ

तर तिमी घरमा पसेको सहदैनन| आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँनपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर| अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर| गुहुमा किरा गाडिए

जसरि गाडिन्छन् हाम्रो शरीरमा| तर त्यसैलाई आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे| यिनलाई दलित पछाडी हिडेको मनपर्छ, सँगै हिड्नु हुँदैन| हुनत अन्जली म

पनि तिमीलाई पींडा दिने पीडक जातको हुँ| मैले पींडा नदिए पनि मेरा सजातियहरुले तिमीलाई सदियौं देखि सहिनसक्नु पींडा दिए| तर अब मलाइ मेरो जातमोह छैन| हो, मलाइ घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसंग, मैले बिना मिहेनत पाएको यो जात यहि समाजलाई फिर्ता दिन्छु| थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने|