सामुन्द्रिक शास्त्र एउटा विस्तृत विधा हो । यसमा व्यक्तिको अनुहार, शरिरको अलग-अलग अंगको आंकलन गरेर व्यक्तिको स्वभाव, चरित्र अनि व्यक्तित्वको पत्ता लगाइन्छ । दाँतको बिचमा खाली हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस
सुन्दरता : सामान्यतया दाँतको बिचमा यदि ग्याप छ भने यसले मुस्कानलाई नै फिका बनाइदिन्छ । यसैले सुन्दरताको दृष्टिले यो सहि मानिदैन ।ज्योतीषीय दृष्टिकोण सुख : सामुन्द्रिक शास्त्र अनुसार जो व्यक्तिको दाँतको आकार समान हुनुको साथ-साथ चमक पनि हुन्छ, उनीहरुले निकै सु:खको जीवन व्यतीत गर्छन् ।
बुद्धिमता : त्यस्तै अगाडीका दाँतको बिचमा खाली ठाउँ हुनुलाई सामुन्द्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ। हार नमान्ने : दाँतको बिचमा ग्याप हुने व्यक्तिले सजिलै हार मान्दैनन्। खुसी रहन जान्ने हुन्छन् त्यसैले अप्ठ्यारो अवस्था आइ पर्दा आत्तिने गर्दैनन् ।
रचनात्मक क्षमता : मिलेको दाँत भएका व्यक्तिको रचनात्मक क्षमता पनि गजबको हुन्छ। यस्ता व्यक्तिले पैसा पनि निकै सम्हालेर राख्न जानेका हुन्छन् । पतिको प्रेम : जो स्त्रीको माथी र तल १६-१६ दाँत हुन्छन् ती स्त्रीले पतिको निकै प्रेम पाउँछन्।
ठुलो लक्ष्य : जो व्यक्तिको अगाडीको दाँतको बिचमा खाली ठाउँ हुन्छ ती व्यक्तिको भित्र निकै उर्जा हुन्छ अनि जीवनमा एक ठुलो लक्ष हासिल गर्नेछन्। अति बोल्ने : सामुन्द्रिक शास्त्र अनुसार यस्ता व्यक्ति निकै बोलक्कड हुन्छन्। यस्ता व्यक्ति बिना कुनै बिषय बिहान देखि बेलुकी
सम्म कुरै मात्र गरिरहन सक्छन्। खुला बिचार : यस्ता व्यक्ति खुला विचारवाला पनि हुन्छ अनि साथी पनि छिट्टै बनाउँछन्। खाना-पिनाको शौखिन : दाँतको बिचमा ग्याप हुने व्यक्तिहरु खाना-पिनाको निकै शौखिन हुन्छन्। भविष्य राजसी सुख : सामुन्द्रिक शास्त्र अनुसार दाँतको बिचमा ग्याप हुने स्त्रीले राजसी सुख भोग्छिन्।