बुटवल । दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं

जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले पुष्टी गरे । हालसम्म २५ जनाको उद्धार गरिसकेको उनले बताए । बसको आधा भाग पानीमा र

आधा बाहिर रहेको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि भालुवाङ अस्पतालमा लगिएको छ । अहिले प्रहरी तथा स्थानीय उद्धारमा खटिएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भई बस पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।