भाकल भनेको हामीले कुनै पनि देवीदेवतासँग गरिने भाका हो । भाकल गर्ने व्यक्तिले केही पाउँ, कुनै व्यापार व्यवसाय गर्दा राम्रो होस, बिरामी हुदा ठीक होस वा कसैसँग टाढा बसौं भनी आफ्नो ईच्छा अनी

आफुले छनौट गरी त्यसो पुरा गरेमा म यो दिन्छु वा यसो गर्छू वा कुनै कुराको बली दिन्छु अथवा भेटी पैसा नै चढाउँछु भनी कुनै मन्दीरमा या आफ्नो मन मनै गरिनेलाई भाकल भनिन्छ। भाकल देवी देवतालाई गरीने अत्यन्तै महत्वपूर्ण बाचा हो र यो पुरा गर्नै पर्दछ । किनकी भाकल गर्ने व्यक्तिले यसो गर्छु गर्दिन भनेर बाचा कसम खाएको हुन्छ ।

देवी देवतालाई गरिने भाकल भनेको एक गम्भीर कुरा हो भनी हाम्रो धर्म शास्त्रले बताएको छ । धर्मशास्त्रमा भनिएको छ कुनै मानिसलेदेवताको निम्ती भाकल गर्छ भने त्यो भाकल कहिले पनि भंग गर्न हुदैन ।

जसको मन बाट जुन कुरा निस्कीएको छ त्यो कुरा पुरा गर्नै पर्दछ । भाकल जुन समयमा बुझाउँछु भनेको छ सो समयमा बुझाउनै पर्दछ नत्र देवीदेवता त्यो व्यक्ति सँग प्रसन्न कहिले पनि हुँदैनन भन्ने

हाम्रो धर्मशास्त्रमा उल्लेख छ । यदी कसैले भाकल बोलेर पुरा गर्दैन भने उसको भाग्य नै बिग्रिएर जान्छ किनकी हाम्रो जिवनको सात चक्र मध्ये सबै भन्दा महत्वपूर्ण चक्र भनेको आज्ञा चक्र हो । आज्ञा चक्र भनेको

हाम्रो सात चक्र मध्येको राजा चक्र हो । जसको आज्ञा चक्रै बिग्रन्छ उसले जिवनमा कहिले पनि उन्नती प्रगती गर्न सक्दैन । त्यसैले आफ्नो आज्ञा चक्र बलियो बनाउने वा कमजोर बनाउने आफ्नै भित्र भएको कुरा हो । त्यसैले आफ्नो आज्ञा चक्र बलियो बनाउनु छ भने आफुले बोलेको भाकल समयमै पुरा गर्नु पर्दछ ।