काठमाडौं । विवाह गर्दा वडाको स्वीकृति लिनुपर्ने भएको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर २ ले विवाह गर्नु पूर्व स्वीकृति लिनुपर्ने नियम ल्याएको हो ।

वडा कार्यालयले बाल विवाह मैलाएको भन्दै विवाह गर्नु पूर्व स्वीकृति लिनुपर्ने नियम ल्याएको हो । वडा कार्यालयले पुसको पहिलो साता विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनु पर्ने निर्णय गरेको वडा नम्बर २ का वडा सदस्य अमृका प्रसाद थारुले बताए । वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य रहेको भन्दै सूचना

समेत प्रकाशन गरेको उनले जानकारी दिए । ‘हाम्रो वडामा केही समय अगाडि बाल विवाह हुँदैछ भनेर कसैले प्रहरीमा उजुरी गरिदिएछ, त्यस पश्चात् ठूलो विवाद भयो, विवाह पनि रोकियो,  त्यसैले आगामी दिनमा यस्तो नहोस् भनेर विवाह

गर्दा वडाको स्वीकृति लिनुपर्न व्यवस्था गरेका हौं,’ उनले भने । जुनसुकै उमेर समूहका नागरिकले पनि विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनु पर्ने पनि थारुले जानकारी दिए । सिफारिस नलिई विवाहको गरेको थाहा पाएमा कारबाही गर्ने समेत चेतावनी वडा कार्यालयले दिएको छ । उनले भागेर गरेको विवाह दर्ता नहुने पनि जानकारी दिए ।