९ साउन, काठमाडौँ । हिन्दू पात्रो अनुसार नाग पञ्चमी पर्व श्रावण अर्थात् सावन मासको शुक्लपक्षको चन्द्र दिनमा मनाइन्छ। यो वर्ष नाग पञ्चमी शनिबार परेको छ । यो दिन हिन्दु धर्माबलम्बीहरुले

नुहाइधुहाइ गरेर नाग पुजा गरी घरको मूलढोका अगाडि नागको फोटो टाँस्ने चलन छ । यसरी गर्नुस् नागको पुजा :  बिहान नुहाएपछि घरको ढोकामा पूजाको स्थानमा गोबरले सर्प बनाउनुहोस् । मनमा ब्रतको संकल्प लिनुहोस् ।नाग देवताको आह्वान गर्नुस र नागलाई बस्नका लागि आसन दिनुस् ।

त्यसपछि पानी, फूल र चन्दनको अर्घ दिनुस् । दूध, दही, घिउ, मह र चिनीको पञ्चमृत बनाएर नाग प्रतिमाको स्नान गर्नुस् । यसपछि मुर्तिमा चन्दन, सुगन्धित पानी मूर्तिमा चढाउनु पर्छ ।

लड्डु र मालपुआको भोग लगाउनुहोस् । त्यसपछि सौभाग्य सूत्र, चन्दन, हरिद्रा, चूर्ण, अबिर, सिन्दुर, बेलपत्र, आभूषण, फूल माला, सौभाग्य द्रव्य, धूप– दीप, फलफूल र पानको पत्ता चढाएपछि आरती गर्नुस् ।

यो विश्वास गरिन्छ कि नागदेवताका लागि सुगन्धित बस्तुहरु अति मन पर्दछ । त्यसकारण नाग पञ्चिमीकाका दिन सुगन्धित फूल र चन्दनको साथ नाग देवको पूजा गर्नुपर्दछ ।  ग पंचमीको पूजाको मन्त्र ‘ऊँ कुरुकुल्ये हुं फट स्वाहा” पढ्नु होला ।  नाग देवताको फोटो वा मूर्तिको पूजा गरेपछि खानेकुरा ग्रहण गर्नुस् ।