सनातन वैदिक परम्परामा नागलाई देवताको रूपमा सम्मान गरिन्छ। यस मान्यताको मूल खोज्दै जाँदा वेद पुराण स्मृति इतिहास धर्मशास्त्र सङ्गीत कला साहित्य लगायत हरेक ठाउँमा

विभिन्न रूपमा नागदेवताको उपस्थिति पाइन्छ। ती सबैको उल्लेख यहाँ सम्भव छैन। ती सबै छुट्टाछुट्टै अध्ययनका विषय हुन सक्छन्। यहाँ संक्षिप्त रूपमा नागसम्बन्धी वैदिक मान्यताको दिग्दर्शन र त्यसको दार्शनिक पक्षको सङ्केत मात्र गरिएको छ।नागशब्दका अर्थ धेरै छन्,णिनीय व्याकरणमा नागशब्द तीन

तरिकाबाट सिद्ध गरिन्छ। क नगे भव नागः। न हिँड्ने स्थावरलाई नग भनिन्छ। नग भनेको पर्वत हो। त्यहाँ हुने, अर्थात् पर्वतमा बस्नेलाई नाग भनिन्छ। तर यो व्युत्पत्ति गर्दा पुंलिङ्गी नागशब्दले

सर्प र नपुंसकलिङ्गी नागशब्दले राङ्, सीसा जस्ता धातुलाई पनि बताउँदो रहेछ। ख न गच्छति यति अगः। न अगः नागः। यो व्युत्पत्ति गर्दा नागशब्दले गतिशील भन्ने अर्थ दिन्छ।

ग दहति अस्मात् विषाग्निना इति नागः। अर्थात् जसले विषरूप अग्निद्वारा दहन गराउँछ वा जलाउँछ, त्यसलाई नाग भनिन्छ। यसव्युत्पत्तिअनुसार दहधातुबाट उणादिमा रहेको दहेर्गो लोपो दश्च

न भन्ने सूत्रले दहधातुदेखि ग प्रत्यय, अन्त्यको लोप र दको न गराउँदा नागशब्द बन्छ। त्यसको सामान्य अर्थ सर्प भन्ने हुन्छ। विशेष अर्थ गर्दा प्राण आदि विभिन्न अर्थ पनि निस्किन्छ।

घ नागशब्दका वाच्यार्थमा सर्प, हात्ती, मेघ, नागकेसर, पुन्नाग चिलौनी, नागदन्तिका, मुस्तक, प्राणवायु, क्रूरआकार देशविशेष ताम्बूल, नक्षत्र, बङ्ग सीसक करण आदि प्रसिद्ध छन्।

ङ नाग शब्दको अर्थ सर्प मान्दा सर्पका पर्याय नागका पनि पर्याय हुन जान्छन्। अमरकोषमा सर्प शब्दका पर्यायहरू यसरी बताइएका छन्। सर्प, पृदाकु, भुजग, भुजङ्गअहि भुजङ्ग

आशीविष, विषधर, चक्री, व्याल, सरीसृप, कुण्डली, गूढपात्, चक्षुश्श्रवा, काकोदर, फणी, दर्वीकर, दीर्घपृष्ठ दन्दशूक, विलेशय उरग, पन्नग भोगी जिह्मग पवनाशन

लेलिहान द्विरसन गोकर्ण, कञ्चुकी कुम्भीनस, फणधर हरि, भोगधर आदि। यस्तै शेष अनन्त, वासुकी सर्पराज तक्षक आदि शब्दको विशेष प्रयोग पाइन्छ। गोनस, अलगर्द, जलव्याल

पानी सर्पहुन् भने राजिल र डुण्डुभ दुइमुखे सर्प हुन्। संस्कृतसाहित्यमा सर्पका नाम र भेदहरू सैकडौँ पाइन्छन्। जसको छुट्टै अध्ययन हुन सक्छ। नागको उत्पत्ति पौराणिक मान्यताअनुसार

जगत्स्रष्टा ब्रह्माजीका मानसपुत्र मरीचि र उनका पुत्र कश्यप हुन्। कश्यपका १३ पत्नीमध्ये अदितिबाट देवता दिति बाट दैत्य विनताबाटसमेतका पक्षिगण, कद्रूबाट नागसमेतका

सर्पहरू जन्मिए। ती नागहरू आफ्नो जमानामा निकै समृद्ध र शक्तिसम्पन्न थिए। यिनका सन्ततिको विस्तार हुँदै गयो र यिनीहरू निकै अभिमानी पनि हुँदै गए। मदोन्मत्त भएका नाग

प्रजातिको उन्माद बढ्दै जाँदा यिनीहरूले मनुष्यलाई जथाभावी डस्न थाले। त्यसपछि मनुष्यहरूको अनुरोधमा ब्रह्माजीले सर्पहरूलाई शापित गरी नियन्त्रणमा लिनुभयो र वितल, सुतल,

पातालमा सीमित हुने बनाउनु भयो। आमा कद्रू र विनताको विवादका क्रममा असत्यको पक्ष लिएकाले काद्रवेय सर्पहरूले विनतापुत्र गरुडसँग हार्नुपरेको थियो भन्ने पनि पौराणिक अख्यान पाइन्छ।

नागको स्वरूप र भेद सामान्यतया नाग आठ प्रकारका हुन्छन् भन्ने मानिन्छ। जस्तै अनन्त वासुकि पद्म महापद्म तक्षक कुलीर कर्कट र शङ्ख। यो प्रसिद्धि पनि छ! पृथिवीको आधार शेषनागलाई मानिन्छ। शेषको स्तुति गर्दा आफ्नो शिरमा पृथिवीलाई सर्स्यूँ बराबर हलुङ्गो मानेर बहन गर्ने भनिएको छ।