एजेन्सी – प्रत्येक महिना सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ। सूर्यले राशि परिवर्तन गरेकै आधारमा महिनाको पहिलो दिनलाई संक्रान्तिको रुपमा मनाउने गरिन्छ।

जब सूर्य ग्रह धनु वा मीन राशिमा प्रवेश गर्छ उक्त एक महिनालाई खरमास भनिन्छ। हिन्दू धर्म मान्यता अनुसार खरमासको समयमा कुनै पनि शुभ कार्य नगर्दा राम्रो हुन्छ। यहि चैत १ बाट खारमास सुरु हुँदैछ। सूर्य मेष राशिमा प्रवेश गरेसँगै खरमासको अन्त्य हुनेछ । यस्तो अवस्थामा विवाह लगायत सबै शुभ कार्यहरु रोकिनेछन् ।

ज्योतिषशास्त्रमा खरमस महिनालाई शुभ मानिएको छैन । यस अवधिमा सबै शुभ कार्य रोकिन्छन् । खरमासको समयमा विवाह, गृह प्रवेश इत्यादि शुभ कार्य गर्नु हुँदैन। खरमासको समयमा बिहान ढिलासम्म सुत्नु हुँदैन र पलंगमा सुतुनु हुँदैन भन्ने धार्मिक

मान्यता रहिआएको छ। सके सम्म भुइँमा सुत्नु उत्तम हुने धार्मिक जानकारहरु बताउँछन्। खरमासको समयमा सात्त्विकता कायम गर्दा लाभ हुन्छ। मासु, रक्सी तथा कुनै अन्य नसालु पदार्थ सेवन पनि नगर्दा राम्रो हुने बताइन्छ।

खरमासको समयमा के गर्ने ? खरमसको क्रममा सूर्यदेवको नियमित आराधना गर्नु पर्ने हुन्छ। यसो गर्नाले भगवान सूर्यको कृपा प्राप्त हुन्छ। साथै मान-सम्मान र पद-प्रतिष्ठा बढ्ने धार्मिक गुरुहरु बताउँछन्। खरमासमा दान गर्नु निकै पुण्यकारी हुन्छ। यस समयमा ब्राह्मण, गुरु र साधुको सेवा गर्नु पर्छ। खरमासको समयमा जगन्नाथ भगवान श्री हरि विष्णुको पूजा गर्नु धेरै लाभदायक हुन्छ