काठमाडौँ — पशुपतिनाथमा धुमधामका साथ महाशिवरात्रि मनाइँदै छ । महाशिवरात्रि पर्वका अवसरमा मंगलबार बिहानैदेखि चहलपहल बढेको छ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न हजारौंको
संख्यामा दर्शनार्थी भेला भएका छन् । महाशिवरात्रिकै लागि भनेर पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिएको छ । नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । हिन्दूहरूले विभिन्न शिव मन्दिरहरू पुगेर आराधना, भजन–किर्तन गरेर र जाग्राम बसेरहाशिवरात्रि पर्व मनाउँछन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण
चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने परम्परा छ । यस रातलाई हिन्दू धर्मावलम्बीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रुपमा लिने गर्छन् ।
यस पटक पशुपतिनाथमा दर्शनार्थीलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । कोरोना संक्रमणविरुद्धको स्वास्थ्यक्षाकोअनुसार पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा भेला हुनेलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको छ ।
भक्तजनको सुरक्षाको विशेष योजना बनाइएको छ । पशुपति क्षेत्रमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धानगको जनशक्ति परिचालित गरिएको छ । मन्दिर दर्शनका लागि तीनवटा दर्शन
मार्ग व्यवस्था गरिएको छ । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ । अर्को लाइन मित्रपार्क जयबागेश्वरी, इटापाखा भएर
भुवनेश्वरीस्थित फलामको ढोका हुँदै पश्चिम ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । बत्तीसपुतली, गौशाला, एयरपोर्ट, तिलगंगा भएरउने भक्तजनका लागि चार शिवालय हुँदै प्रवेश गर्ने व्यवस्था छ । आवश्यकताअनुसार तिलगंगा राममन्दिरतर्फबाट समेत लाइनको व्यवस्था गरिने अधिकारीरुले बताएका छन् । यसका साथै विभिन्न संस्थाले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।