तपाई हामीले अधिकांश पसलमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुण्डाएको देखेका छौं । यसो गर्नुको पछाडि कसैको खराब नजर नलागोस् भनि गरिएको भनिने गरीन्छ ।

साथै यसले भविष्यमा हुन सक्ने दुर्घटना तथा क्ष्ँतिलाई टार्न सकिने विश्वास राखिन्छ । एक प्रकारले यसलाई अन्धविश्वास मान्नेहरु पनि छन् तर पनि पसल तथा सवारीमा कागती र खुर्सानीको माला झुण्डिएकै हुन्छ । आखिर यसरी कागती र खुर्सानीको माला झुण्ड्याउँदा के हुन्छ ? यसबारे केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

कुनै पनि व्यवसाय वा मेसिनरी सामाग्रीको प्रयोगमा जोखिम बहन गर्नुपर्ने हुन्छ । यसरी कागती र खुर्सानीको माला लगाउनुमा वास्तु दोष हटाउन सकिने मान्यता रहँदै आएको छ । हुन त घर तथा पसलको आसपासमा कागतीको रुख

भएमा वातावरण स्वच्छ हुने र त्यसले मानसिक विचार तथा सोचमा सकारात्मक असर गर्दछ । तर घर तथा पसल आसपासमा विविध कारणले कागतीको विरुवा लगाउन सबैलाई सहज हुँदैन । त्यसैले कागतीको एक दाना प्रयोग गरेर

वास्तुदोष हटाउने गरिन्छ । कागतीमा धागो उन्दा कागतीबाट निस्किएको रसबाट लामो समयसम्म सुगन्ध निस्कने र त्यसले वातावरणमा प्रभाव पार्ने गर्दछ । कागतीको सुगन्धले मानिसको

भावनालाई स्वच्छ राख्न मद्धत गर्छ साथै किरा पनि भगाउँछ । तर उक्त कागती एक सावातावरणमा प्रभाव पार्ने गर्दछ । कागतीकोलेमानिसको ता भित्र परीवर्तन गर्नुपर्दछ । त्यसले कागती कुहिन नपाओस् । हावा सफा बनाउन कागतीको अमिलो राम्रो विकल्प मानिन्छ । खुर्सानीको रागले समेत प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछ ।