पिपल भगवानकै यौटा स्वरुप भएको हिन्दु धार्मिक मान्यता छ , सत्ययुगमा राक्षस जालन्धरको अन्याय अत्याचार अन्त्य गर्न जालन्धरकि पत्नी वृन्दाको सत्य डगाउन भगवान बिष्णु स्वयं जालान्धर्कै रुप धारण

गरि गएको र त्यो सत्य बृन्दाले थाहा पाएर भगवान विष्णुलाई श्राप दिएको कथन सुन्न पाइन्छ ,वृन्दाले घास ,झार पत्थर र विरुवा हुनु परोस भनि श्राप दिएकी थिइन् जसमा झार हुनु परोस भनेको मा तुलसी ,घास हुनु परोस भनेको मा कुश ,पत्थर हुनु परोस भनेको मा शालिग्राम र विरुवा हुनु परोस भनेको मा पिपल ।

यसरि पिपल भगवान बिष्णुको स्वरुप रहेको विश्वास गरिन्छ गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ ।

सुख, ऐश्वर्य प्राप्ति हुन्छ ।त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ।हापाई राख्नुहोस् केही त्यस्ता उपायहरू ।

जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नानकार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस्।

पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् ।जल चढाएपछि फूलप्रसाद चढाउनु होस् ः धूपबत्ति बालेर दियो पनिउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नु होस् यि उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछ