अधिकाँश पुरुषलाई आफ्नो लिङ्गको आकारबारे सँधै चिन्ता रहन्छ । पुरुषलाई लाग्छ कि सेक्सको आनन्द लिङ्गको आकारमा भर पर्छ । ठूलो लिङ्ग हुनेले बढी सन्तुष्टी दिन सक्छन्

भन्ने सोंचाइ अधिकाँश पुरुषमा हुन्छ ।पुरुषको लिंगको आकार व्यक्तिपिच्छे फरक–फरक हुन्छ। लुलो र उत्तेजित अवस्थाअनुसार यसको गोलाइ र लम्बाइमा फरक पर्छ। यसका साथै पुरुष लिंगको उत्तेजनाको अवस्था, दिनको समय, कोठाको तापक्रम एवं व्यक्तिको यौनक्रियाकलापको संख्याअनुसार

आकार घटबढ भइरहेको हुन्छ। अधिकांश मानिसले आफ्नो जननेन्द्रिय अन्य मानिसको यौनांगसँग दाँजेर आफ्नो यौनांग सानो छ भन्ने धारणा बनाउँछन्, जुन गलत हो। त्यसमाथि ब्लु फिल्मका पुरुष

पार्टनर, त्यसमा पनि अफ्रिकी मूलका पुरुषको यौनांगसँग तुलना गर्नेहरूको पनि कमी छैन। यौनांगमा अलि बढी चासो लिने भएर पनि यस्तो गलत धारणा बनाएको देखिन्छ। मानिसले टाउको, हातखुट्टा वा

अन्य शारीरिक अंग अन्यसँग दाँजिरहेको पाइँदैन। वंशाणुगत कारणका साथै वातावरणीय प्रभावले इन्डोक्राइन ग्रन्थिको काममा खलल पुर्‍याउने तत्त्वले मात्र पुरुष यौनांग सानो हुने हुन्छ।

तर, २.८ इन्चभन्दा सानो लिंगलाई वास्तवमै सानो अथवा माइक्रो पेनिस मानिन्छ। त्यसो त उत्तेजित अवस्थामा ५.१ देखि ५.९ इन्चसम्मको लम्बाइ तथा लुलो अवस्थामा ३.५ देखि ३.९ इन्चसम्म लम्बाइको लिंगलाई

सामान्य मानिन्छ। अलि अविश्वसनीय नै भए पनि वयस्क पुरुषको लिंगको गोलाइ औसतमा ४.५९ इन्च पाइएको छ। त्यसो त लुलो अवस्थाको यौनांग र उत्तेजित अवस्थाको यौनांगको लम्बाइबीच खासै सम्बन्ध छैन।

उत्तेजनापछिको आकार उक्त पत्रिकामा प्रकाशित सामग्रीका अनुसार कुनै पनि पुरुषको लिङ्गको आकार सामान्य अवस्थामा भन्दा पनि उत्तेजित भएपछिको अवस्थामा कत्रो हुन्छ भन्ने कुरा सबै भन्दा महत्वपूर्ण रहेको उल्लेख छ ।

उत्तेजनापछि अधिकाँश पुरुषको लिङ्गको आकार ५ दशमलव १ देखि ५ दशमलव ९ इन्च हुने उल्लेख रहेको उक्त सामग्रीमा उत्तेजना नभएको अवस्थामा सामान्यतया ३ इन्च रहने लिङ्ग सामान्य रहेको

उल्लेख छ । उत्तेजनापछि पनि ३ इन्चको आसपास भएको लिङ्गलाई मात्र सानो आकारको भन्न सकिन्छ ।पुरुषलाई लाग्छ कि सेक्सको आनन्द लिङ्गको आकारमा भर पर्छ । ठूलो लिङ्ग हुनेले बढी

सन्तुष्टी दिन सक्छन् भन्ने सोंचाइ अधिकाँश पुरुषमा हुन्छ । तर हालै द हेल्थ नामक साइटमा प्रकाशित एक लिङ्गको आकार बारेको सामग्रीले यस्ता सोंचाइलाई पुरै धज्जी उडाएको छ ।

लिङ्गको आकार शरीरको आकार सँग सम्बन्धित हुँदैन कुनै पनि पुरुषको शरीर सर्लक्क परेको भएपनि त्यसको सम्बन्ध लिङ्गको आकारसँग भने नहुने उक्त पत्रिकामा उल्लेख छ ।

कतिपय ब्यक्तिले उचाइ र औंलाको आकारसँग लिङ्गको आकार सम्बन्धित हुने भ्रम पालेका हुन्छन् तर त्यस्तो कुरा सत्य नभएको पत्रिकामा उल्लेख छ । अश्लिल चलचित्र हेर्ने ब्यक्तिमा यस्तो भ्रम बढी हुने गर्छ ।

छोटो लिङ्ग र उत्तेजित नहुने समस्या अधिकाँश पुरुष जो आफ्नो लिङ्ग सानो भएको ठान्छन् उनीहरु खासमा पूर्ण उत्तेजना नहुने समस्याबाट गुज्रिरहेका हुन्छन् । लिङ्ग पूर्णरुपमा उत्तेजित नहुनु र सानो हुनु फरक फरक कुरा हुन् ।

भ्रम मात्र लिङ्ग सानो देखिने एक प्रमुख कारण अधिकाँश पुरुष आफ्नो लिङ्गलाई माथिबाट मात्र हेर्छन् । आफ्नो पेटका कारणले समेत कतिपयलाई लिङ्ग सानो लाग्छ । लिङ्गको वास्विक आकार तस्विर

वा ऐनामा हेर्दा थाहा हुन्छ । महिलालाई लिङ्गको आकारले फरक पर्दैन अधिकाँश पुरुषलाई लाग्छ ठूलो आकारको लिङ्गले महिललाई बढी सन्तुष्टी दिन्छ । तर खासमा महिलालाई लिङ्गको आकारले

कुनै फरक पार्दैन । महिलालाई आकार भन्दा बढी त्यसको मोटाइ र गोलाइसँग बढी चासो हुन्छ । तपाइँलाई अचम्म लाग्न सक्छ जव महिला उत्तेजित हुन्छन् योनीको आकार ४ इन्चबाट बढेर १० इन्च हुन्छ ।

यस्तो बेला उनीहरुलाई लामो भन्दा छोंटो तर मोटो लिङ्गले बढी आनन्द दिन्छ । महिलाहरुलाई पाक क्रिडामा यौनको समयमा भन्दा बढी आनन्द हुन्छ ।

लिङ्गको आकार बढाउन सकिँदैनकतिपय पुरुषलाई लिङ्गको आकार बढाउन सकिने भ्रम पनि हुन्छ । तर यस्तो कुनै विधी छैन जसको आधारमा लिङ्गको आकार बढाउन सकियोस् । सर्जरीबाट लिङ्गको आकार बढाउने प्रयास पनि अनावश्यक तनावको विषय मात्र हो ।