घरमा पुजा गर्दा अगरबत्ती र बाती कति वटाबाल्ने जाेर की बिजाेर?साबधान एक र तीन न बाल्नु किन?कति बाल्ने? यहांहरु लाई स्वागत छ धार्मिक च्यानल धर्म दर्शन मा! बिस्वभर रहनु हुने नेपाली हरुकाे लागि सम्पुर्ण बर्ष भरिका  चाडपर्बहरु,एकादशी

,राशिफल,बास्तु,ज्याेतीषि,व्रत,तिर्थ,भागवतकथा,१८ पुराण अाध्यात्मिक कथा प्रवचन हरुकाे लागि श्रद्धेय अाध्यत्मिक क्षेत्रका प्रखर बक्ता पं कुबेर  सुवेदी गुरुबर बाट सुन्न र हेर्न पाउनुहुने धार्मिक (धर्म दर्शन)च्यानल सबस्क्राईबर गर्नु भइ धार्मिक कुराहरुकाे निसुल्क जानकारी लिन सक्नुहुनेछ!

काठमाडौं । हामी सबैले भगवानको पुजा आराधना गर्दा अगरबत्ती बाल्ने गर्छाैं । घरको सुख शान्ति तथा उर्जाका लागि पनि मानिस घरमा अगरबत्तीको प्रयोग गर्छन् । कोही कसैको बानी अगरबत्ती नबालि चित्त नबुझनेसमेत हुन्छ ।

तर यस्तो अगरबत्ती बाल्दा केही कुराको ज्ञान हुन जरुरी छ । हामीले दिनहुँ बाल्ने अगरबत्तीले क्यान्सर लाग्ने सम्भावना अधिक हुन्छ । अगरबत्तीको धुवाँबाट ब्रोंकाइटिस, भाेकल कर्ड, श्वासनलीमा समस्या तथा आन्द्रा र गुप्ताङको क्यान्सर हुन सक्छ ।

अगरबत्तीलाई राम्रो तथा वास्नादार बनाउन कार्बन कणको प्रयोग गरिएको हुन्छ । जसलाई बाल्दा धुवाँबाट कार्बनडाइअक्साइड आउँछ । यसले आन्द्रामा असर गर्छ । लामो समयसम्म कार्बनमाेनो अक्साइड लिँदा श्वासनलीको क्यान्सर हुन सक्छ ।एक अध्ययनले पुजापाठमा

प्रयोग हुने अगरबत्ती स्वास्थ्यका लागि हानीकारक हुने पुष्टि गरेको छ । यसबाट निस्कने धुँवा शरीरमा हानिकारक हुन्छ । यो चुरोटको धुवाँभन्दा पनि बढी खतराजनक मानिन्छ । अनुसन्धानका अनुसार यसको धुवाँले डिएनएमा पनि परिवर्तन

ल्याउँछ । जसले क्यान्सर हुने खतरा बढाउँछ । यसबाट बच्न घरमा अगरबत्तीको सट्टा धुपको प्रयोग गर्दा राम्रो हुन्छ । यो गाईको गोबर तथा अन्य जलनशील पदार्थले बनाउने हुँदा यसले

शरीरमा असर गर्दैन । आयुर्वेदिक चिकित्सामा लोहाबानको प्रयोग जाेर्नी दुख्ने , पाचन, दम र ओरल हेल्थको उपचार गर्ने गरिन्छ । सन् २०१७ मा गरिएको अनुसन्धानमा यसको प्रयोगले पेटको दुखाई तथा इरीटेबल डाउनसिन्ड्रोम भएका मानिसमा डिप्रेसन तथा चिन्ता कम गराउने पत्ता लागेको छ ।