काठमाडौं– सबैलाई लाग्न सक्छ कास कमाएको सबै बचत भएको भए कति हुन्थ्यो होला । कमाई पनि रहेको छ तर कहिले पुगेको छैन कहिले काहीँ त अप्ठ्यारो परेको बेलामा पनि पैसा हुँदैन भन्ने ।

प्राय नेपालीहरूमा सीमित कमाइकाबीच प्राय मानिसहरूलाई परिवार चलाउनु पर्ने बाध्यता हुन्छ । तर त्यही निश्चित कमाइलाई पनि बचत गरेर जोगाएर राख्न सकिन्छ । आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ । यी हुन् पैसा जोगाउने तरिका  सबै भन्दा पहिला त आफूलाई चाहिएको कुरा मात्र किन्ने बानी बसाल्नु पर्छ र सामानहरू आवश्यक

परेको बेला मात्र किन्ने गर्न केही भाग बचत गर्न सकिन्छ । देखावटीमा वा प्रलोभनमा परेर कहिले पनि सामग्रीहरू खरिद नगर्नुहोस् ।नपानको बजेट बनाएर खपत गर्ने सामान मात्र खरिद गर्ने । आफ्नो आम्दानि

र खर्चको लेखाजोखा गर्ने बानी बसाल्ने ।  कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ । त्यसैले सके सम्म क्यास पैसाबाट कारोबार गर्ने ।  ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्ने ।

घरमा भएका अनावश्यक कुरा बेच्ने । घरमा भएका साना बालबालिकालाई पनि सही रूप पैसाको बचत गर्न सिकाउने । बाहिरको खाना र जंक फुड छोडेर घरको खाना खाने गर्नुहोस् । बाहिरको खाना खाँदा

पनि पैसा बढी खर्च भइरहेको हुन्छ । सामान खरिदमा सामानको सही मूल्य सोचेर मात्र किन्ने । बजारमा किनमेल गर्दा पहिला आफूलाईवश्यक परेका कुराहरु मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्नेबारे सोच्नुहोस् ।

घरमा खुत्रुके राख्नुहोस् । र कुनै सामानको भाउ घटाएर किन्नुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस् । दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस् । एक रुपैयाँको सिक्काको महत्व पनि

धेरै हुन्छ । सिक्का पैसाहरु खुत्रुकेमा राख्ने गर्नुहोस् । कसैलाई उपहार दिंदा पुस्तक , कलम उपहार दिनुहोस् । यसले तपाईंको पैसा पनि केही बच्छ भने पठन संस्कृतिको पनि विकास हुन्छ । यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानिको स्रोत, खर्च, आर्थिकव्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस् ।  धुम्रपान र मद्दपान गर्न छोड्नुहोस् ।