मानिसको चाहना असिमित हुन्छ । कुनै एक वस्तुको खरिद गर्दा पनि त्यसको गुण अवगुण बुझेर सामान तौलेर सहि लागे मात्र लिने गरिन्छ ।यस्तोमा आफ्नो पार्टनरमा हुने गुणका बारेमा हरेक मानिस सजग हुने गर्दछन् ।

उसको ब्यक्तित्व, क्षमता र विगतका साथै मानिसले उसमा केहि विशेष गुणहरु खोज्ने गर्दछन् । अझ यस मामलामा युवतीहरु निकै सजग हुन्छन् । युवती आफ्नो पार्टनरमा निम्न ७ गुण खोज्ने गर्दछन् । १. स्मार्ट तथा गुड लुकिङ झट्ट हेर्दा जो कोहिलाई गुड लुकिङ र स्मार्ट मानिस नै मन पर्छ । तसर्थ हरेक युवती आफ्नो हुनेवाला पार्टनर आकर्षक र स्मार्ट होस् भन्ने चाहन्छन् ।

२. केयरिङ गर्ने कुनै पनि युवतीले आफ्नो पार्टनरमा आफ्नो पिताको छवि होस् भन्ने चाहान्छन् । पिताको छवि यस कारण कि उनिहरु आफ्नो सन्तानको निकै धेरै केयर गर्दछन् । उनले खाए नखाएको वा बिरामी भएको सबैमा पिताको चासो रहन्छ।

तसर्थ युवतीले आफ्नो पार्टनरमा केयरिङ गर्ने स्वभाव भए नभएको हेर्ने गर्दछन् ।३. आर्थिक स बल धनी केटा युवतीको रोजाइमा पर्छ भन्ने आरोप छ । तर अधिकाशं अवस्थामा यो सत्य नै हो । किनकी अभावमा भएकासंग

जीवन बिताउनु भन्दा शुरुवातमा आर्थिक सबल भएको पार्टनरलाई युवतीले महत्व दिन्छन् । जसका कारण विवाह पश्चात आर्थिक रुपले कुनै असुरक्षा झेल्न नपरोस् भन्ने उनीहरुको चाहना हुन्छ । ४. राम्रो रोजगार

हरेक मानिसको चाहना हुन्छ, कुनै राम्रो जागिर खाने । अझ यस्तोमा कोहि आफन्तले राम्रो जागिर खाएको छ भने हामी त्यसलाई उदाहरणीय बनाउँछौ । यस्तोमा युवतीहरु आफ्नो पार्टनरले राम्रो जागिर खाएको होस् भन्ने चाहना राख्दछन्।

राम्रो जागिर भएमा कमाई, तथा लाइफस्टाइल राम्रो हुने उनीहरुको बुझाइ रहने गरेको छ । ५. रोमान्टिक अक्सर महिलालाई आफ्नो पार्टनर रोमान्टिक होस् भन्ने चाहाना हुन्छ। गम्भीर, चिन्तित वा भावुक पार्टनर युवतीले रुचाउँदैनन् ।

उनीहरु पार्टनरले घरी घरी ख्यालठट्टा गरोस्, रमाइलो माहौल बनाओस्, सरप्राइज दिओस् भन्ने चाहना हुन्छ । ६. परिवारमा समय दिनेप्राय युवतीहरु आफ्नो पार्टनरले आफुलाई प्रशस्त समय दिउन् भन्ने चाहना राख्दछन् ।  कामकाजी पुरुषहरु कार्यालयको काम वा

करियर बनाउने नाममा घर परिवारलाई समय दिन सकिरहेका हुँदैनन् । तर यस्ता पुरुषलाई युवतीले खासै मन पराउँदैनन् । ७. समझदार हरेक युवती आफ्नो पार्टनरमा समझदारीको गुण होस् भन्ने चाहान्छन् । पार्टनर समझदार भएमा मात्र आफ्नो भावना बुझ्ने उनीहरुको तर्क रहने गरेको छ । साधारण बिषयमा पनि शंका गर्ने वा किचकिच गर्ने पुरुष युवतीको रोजाईमा पर्दैनन् ।