अभिनेत्री प्रियंका कार्की आधुनिकता र खुलापनका लागि चिनिन्छिन् । उनी आफ्ना नितान्त निजी जीवनका कुराहरू पनि मिडियामा छरपस्ट पार्न हिच्किचाउँदिनन् ।
दुई वर्षअघि आमा बनेकी प्रियंका अहिले चलचित्रमा खासै डिमान्डेड छैनन् । उनी म्युजिक भिडिओ खेलेर आफूलाई व्यस्त राखिरहेकी छन् । त्यसबाहेक युट्यूवमा एउटा पोडकास्ट आफैं चलाउँछिन् र विभिन्न सेलिब्रिटीहरु ल्याएर उनीहरूका अन्तरंग कुरा गर्छिन् ।
प्रियंकाले महिलाको गर्भावस्थामाथि केन्द्रित रहेर ‘द फोर्थ ट्राइमेस्टर’ नाम पोडकास्ट चलाइरहेकी छन् । उनको पोडकास्टमा पछिल्लो अतिथि बनेर आएकी छन्, निर्देशक रेनशा बान्तवा राई । यो एपिसोड भर्खरै अपलोड भएको छ, जसमा उनीहरुले निकै खुलेर अन्तरंग कुराकानी गरेका छन् ।
प्रियंकाले रेनेशासँग एकदमै व्यक्तिगत प्रश्न सोधेकी छन् । यस क्रममा आफ्नो प्राइभेट कुराहरू पनि उनले निसंकोच सेयर गरिन् । प्रियंकाले रेनेशालाई सोध्छिन्, ‘बच्चा पाएको कति समयपछि श्रीमानसँग शारीरिक सम्बन्ध भयो ?’
प्रश्न रेनेशाका लागि अनपेक्षित थियो सायद । ‘भन्नैपर्ने ?’ उनी अन्कनाएर सोध्छिन् । प्रियंका भन्छिन्, ‘या.. अफ कोर्स ।’ त्यसपछि रेनेशाको जवाफ आउनु अगाडि नै प्रियंका आफ्नै अनुभव सुनाउँछिन् ।
‘फर मि…. आइ थिंक.. (केहीबेर सोच्दै) … इट टुक मि फोर मन्थ ।’ रेनेशा (छक्क पर्दै) : ‘फोर मन्थ ?’ प्रियंका (औंला भाँच्दै) : सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर… एस… (हाँस्दै) वि हेड सेक्स इन डिसेम्बर… आफ्टर आयन्का वाज बर्न । तिमीलाई कति समय लाग्यो ?’
रेनशा (लजाउँदै) : हाम्रो ४ महिना त लागेन ….यो त धेरै लामो भयो नि ? कि कसो हो ?’ प्रियंकाले आफू गर्भावस्थाका विभिन्न जटिलताबाट बाहिर आउन ४ महिना लागेको बताइन् ।
अनि फेरि दोहोर्याएर सोध्छिन्, ‘तिमीलाई कति समय लाग्यो ? तीन दिन ? हाहाहा…’ रेनेशा (हाँस्दै) : आइ डन्ट नो । ठ्याक्कै त थाहा भएन । तर, अलि चाँडै नै हुनुपर्छ । त्यस्तो ४ महिना त लागेन ।
प्रियंकाः कति चाँडै ? रेनेशाः खोइ, ठ्याक्कै याद भएन । पहिल्यै ९ महिना ‘अफ’ मा भइन्छ । (हाँस्दै) । प्रियंकाः नाइन मन्थमा यु गाइज डिडन्ट ? (नौ महिनामा तिमीहरुले केही गरेनौ ?)
रेनेशा : मलाई त सम्झना छैन । बिर्सेँ । प्रियंका : कुनै पनि डाक्टरले प्रिग्नेन्सीको टाइममा पार्टनरसँग इन्टिमेन्ट हुनु हुँदैन भन्दैन । तर, सतर्क चाहीँ हुनुपर्छ । तपाईंले वाइल्ड हुनु हुँदैन र अरु बेलाजस्तो धेरै एक्सपेरीमेन्ट गर्नु हुँदैन । प्रिग्नेन्सीको बेला सावधान हुनुपर्छ ।
हामीले त प्रिग्नेन्सीमा पनि शारीरिक सम्बन्ध कायम राख्यौं । तर, प्रिग्नेन्सीपछि चाहीँ चार महिनामा मात्रै पहिलोपटक भयो । प्रियंकाले बाबुआमा बन्ने क्रममा श्रीमान्-श्रीमतीबीचको शारीरिक निकटता कम हुनु नहुनेमा जोड दिएकी छन् ।
उनी भन्छिन्, ‘श्रीमान् र श्रीमतीबीचको बोन्ड र कनेक्सन चाहीँ प्रिग्नेन्सीको बेला पनि कम हुनु हुँदैन । मैले धेरै उदाहरण देखेको छु । नगर्दा… नगर्दा… तपाईं त्यस्तै लाइफमा बानी पर्नुहुन्छ र आ… होस् ठीकै छ त भनेजस्तो हुन्छ । यस्तो हुनु हुँदैन ।
कुराकानीको क्रममा रेनशा पनि खुल्दै गएकी छन् । ‘पहिलो केही महिना त सुरक्षित पनि हुँदैन । त्यसपछि विस्तारै आफैं आवश्यकता महसुस भइहाल्छ । इमान्दारितापूर्वक भन्दा… भन्न हुने हो कि नहुने हो… तर केटी मान्छेलाई झन् बढी आवश्यकता हुँदोरहेछ,’ रेनेशा भन्छिन् ।
प्रियंका जोसिदै थप्छिन्, ‘हो… झन् बढी चाहिन्छ । (जिउ कक्रक्क पार्दै) मलाई पनि यस्तो अनुभव भएको थियो ।’ रेनशाः शारीरिक सम्बन्ध भयो भने तपार्इंले आफू अझै आकर्षक छु र मेरो श्रीमान् अझै पनि आफूप्रति आकर्षित हुन्छ भन्ने महसुस गर्न सक्नुहुन्छ । यो निकै महत्वपूर्ण छ ।
प्रियंकाः हो, एकदम सही । (आफ्नै वक्षस्थलतिर हेर्दै) माइ बु… आर बेटर देन विफोर । ‘सो लेडिज, तपाईंहरुले आफैं पहल गर्नुपर्छ है, धेरै लामो नपर्खिनुस् ।
आफूलाई मेन्टेन गर्नुस र गेट इट गोइङ अल द टाइम,’ उनी आमाहरूलाई सुझाव दिन्छिन् । रेनशा गत वर्षको भदौमा आमा बनेकी हुन् । उनले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।