ज्योतिष शास्त्र अनुसार कतिपय राशिका लागि फागुन महिना निकै शुभ रहने छ । यसले जाडोको अन्त्य र गर्मीको सुरुवातलाई पनि चिन्ह लगाउँछ। यो महिना सनातनका प्रमुख व्रत र

पर्वहरूको महिना हो। यो महिना धेरै ठूला ग्रहहरुको राशि परिवर्तन हुँदैछ । ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा शुभ र अशुभ प्रभाव पार्छ। ज्योतिष शास्त्र अनुसार कतिपय राशिका लागि फागुन महिना निकै शुभ रहने छ । आउनुहोस् जानौं कुन राशिले पाउनेछन् फागुनमा भाग्यको पूर्ण साथ l

मेष – आर्थिक स्थितिमा सुधार आउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्यहरूसँग समय बित्नेछ। लेनदेनबाट लाभ हुनेछ। यस अवधिमा तपाईको जागिरमा पदोन्नति हुने सम्भावना छ। मान सम्मानमा वृद्धि हुनसक्छ । सवारी साधन खरिद गर्न सकिनेछ।

मिथुन – आम्दानी बढ्न सक्छ। तपाईले गरेको कामको प्रशंसा हुनेछ। काममा सफलता मिल्नेछ । नोकरी तथा व्यवसायका लागि समय शुभ रहेको छ । रोकिएका काम पुरा हुन सक्नेछन् । कार्यस्थलमा मान सम्मान मिल्नेछ । यात्राबाट लाभ मिल्ने सम्भावना छ ।

सिंह – यो समय शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिका लागि वरदानभन्दा कम हुने छैन । यस अवधिमा लगानी गर्दा फाइदा हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। कामसँग सम्बन्धित राम्रो समाचार प्राप्त हुन सक्छ।

आम्दानीमा बृद्धिले धन सम्वन्धी समस्या समाधान हुनेछ । तपाईंले आफ्नो जीवनसाथीसँग समय बिताउनुहुनेछ, जसले तपाईंको वैवाहिक जीवनलाई सुखद बनाउनेछ।

कन्या – नयाँ कामको थालनी गर्न सकिनेछ । व्यवसायीले नाफा कमाउन सक्नेछन् । धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । आर्थिक लाभ हुनेछ, जसले आर्थिक पक्षलाई मजबुत बनाउनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय शुभ मान्न सकिन्छ। शुभ फल प्राप्त हुनेछ।यस अवधिमा तपाईको जागिरमा पदोन्नतिको अवसर मिल्नेछ।