बि’देशबाट फेरी बाहिरियो नेपाली चे’लीको हे’र्नै न’स’किने भि’डियो लि’क (१८+ ले मा’त्र हेर्नुहोस) देशमा रोजगारको सम्भावना नदेखेर धेरै नेपाली दाजुभाई तथा

दिदिबहिनीहरु प्रदेशमा कामको सिलसिला सयौं नेपालीहरु हरेक दिन प्रदेशमा जान्छन कसैको राम्रो पनि भएको छ । भने कसैले बिभिन्न कारणले अनेक समस्याहरु झेल्नु पनि परेको छ । हामी माया अनि अरुमा बिश्वासमा परेर आफ्ना गोप्य सूचना वा गोप्य अंग पनि आफ्ना बिश्वासिला प्रेमीप्रेमिका बिच आधन प्रदान गर्छौ ।

जुन केही दिनका लागि राम्रो भएपनी जुन दिन प्रेमी प्रेमीकाको सम्बन्ध सकिन्छ तब यस्ता भिडियोहरु बजारमा आउछन । त्यसैले तपाईं चेलीहरु कसैको पनि बिश्वास नगर्नुस फेरि

तपाईको हालत पनि यस्तै बन्न सक्छ । सामाजिक सञ्जालबाट जोडिएमा माया प्रेममा धेरै भर पनि गर्नु हुदैन । ति कुराहरुवाट एकदम टाढै रहनुहोला । उसले भनेको आधारमा मात्र पनि धेरै कुराहरु

हामी सर्हष हस भनेर भन्दिन्छौ त्यसैले कुनै पनि मानिसलाई विश्वास गर्नु अगाडी उसलाई नजिकबाहरेक वर्षको मंसिर सुरू हुन लागेपछि १८ वर्ष पुगेका युवती र २० वर्ष नाघेका धेरै युवाहरूलाई सोधिने प्रश्न हो, अनि

बिहे कहिले गर्ने त? कहिलेकाहीँ त यो प्रश्न सुन्दासुन्दा वाक्क भइसकेका हुन्छन् मजस्तै धेरै युवायुवतीहरू अनि, कतिपय त घर, समाजको दबावमा परेर बिहे गर्छन् पनि अनि कतिपय

त त्यसलाई नजरअन्दाज गरेर हिँडिरहेका हुन्छन्। जसको भुक्तभोगी म आफैं नि छु, आफ्नै घरपरिवारमा बिहे गरिदिनुपर्छ भन्ने कुरा चलेको हुँदैन, त्यसको वास्ता हुँदैन तर अरूको विषयमा बढी टाउको

दुखाउने कतिपय शुभचिन्तक र साथीहरूलाई भने बिहे गर्दिन हतार हुन्छ। हरेक पटकको भेटमा अनि बिहे कहिले त ? भनेर सोधिने प्रश्नले टाउको दुखिसकेको हुन्छ। अझ कतिपय त केटाको फोटो, घरकुल

खान्दानको कुरासहित आइपुग्छन्, हाँसेर टार्नु बाहेकको विकल्प हुँदैन। नेपाली समाजमा मंसिर महिनालाई विशेषगरी बिहे गर्ने महिनाको रूपमा लिइन्छ। बिहे गर्ने उमेर भएका युवायुवतीलाई मंसिर लाग्यो

भन्यो भने बिहे गर्ने बेला भयो भन्ने संकेत गरेको बुझिन्छ। अझ अलिक पहिलासम्म त साउन, भदौ, असोज कात्तिक लगायतका महिनाहरूमा बिहे गर्ने प्रचलन नै थिएन, केही आकलझुकल भए पनि

त्यसलाई राम्रो मानिँदैनथ्यो, तर, अहिले भने १२ महिना नै बिहे गर्ने प्रचलन सुरू भइसकेको छ। आवश्यकता र इच्छा अनुसार बिहे गर्ने प्रचलन पनि बदलिँदै गइरहेको छ।

तर, समाजको चिन्तन र बेलैमा बिहे नगरे घरबार, बालबच्चा हुँदैन भन्ने चलनका कारण भएका विवाहले सम्बन्धविच्छेदका घटना पनि उत्तिकै घटेका छन्। खासगरी नेपाली समाजमा केटा मान्छेको भन्दा पनि केटी मान्छेको

विवाहका लागि भने हतार गर्ने चलन छ। अझ पहाड र तराईतिर भने छोरी मान्छे २० वर्ष कटेपछि विवाह गरिदिनै हतार हुन्छ। उसको लागि राम्रो ज्वाइँ खोजिदिने अनि जे गर्छे उसकै घरमा गएर गर्छे

भन्ने परम्परागत मान्यताबाट टाढा जान सकेको छैन समाज। जसले गर्दा राम्रो लेखपढ गर्ने केटी मान्छेहरू पनि बिहेपछि घरगृहस्थीमै सीमित हुन्छन्। किनभने अझै पनि समाजले छोरी मान्छेको

संसार घरगृहस्थी, परिवार, श्रीमान र बालबच्चाबाट बाहिर पनि छ भनेर सिकाउनै सकेको छैन। शिक्षित परिवारमा पनि विवाहपछि श्रीमतीले घर सम्हाल्ने र श्रीमानले पैसा कमाएर ल्याउने भन्ने परम्परागत सोच बदलिन सकेको छैन।

जसले गर्दा कतिपय छोरी मान्छेको पढाइ माटोमै गएर मिल्ने गर्छ। यही प्रसंग जोडिरहँदा मलाई मसँगै पढ्ने एक जना मेहनती केटी साथीको याद आयो। जो परिवार र समाजको दबावका कारण भविष्यलाई नै

दाउमा लगाएर विवाह गरी गृहिणीमा मात्रै सीमित हुन पुगेकी थिई। बिएस्सी साइन्स पढेकी ऊ सानैदेखि दोस्रो हुन जानिन। कक्षामा पनि अति मेहनती ऊ पढेर केही बन्छु केही गर्छु भन्ने दृढ संकल्प

राख्थी, हामीलाई समेत हौसला दिन्थी तर, पढाइ पूरा नहुँदै २१ वर्षमै उसको विवाह भयो। २ वर्षपछि उसको बच्चा जन्मियो, घरमा सासू ससुरा बिरामी उनीहरूको स्याहार गर्नुपर्‍यो। यही गर्दै उसको

पढाइ माटोमै मिलेको थियो। बेलाबेला ऊ गुनासो गर्थी, ‘मैले चाँडै पढेर गल्ती गरें, त्यत्ति मेहेनत गरेर पढेको अहिले बच्चा र बुढाबुढीको स्याहार गर्नबाहेक केही गर्न काम लागेन, अब म ती सर्टिफिकेट आगो लगाइदिन्छु

के अर्थ ती व्यवहारमा प्रयोग नभएका राम्रा नम्बरहरूको, मेरो त जे भयो भयो, हतार गरेर विवाह नगर है।’ माथि मैले उल्लेख गरेजस्तै हजारौ क्षमतावान केटी मान्छेको काम बिहे गर्ने, गृहणी गर्ने अनि घरव्यवहार सम्हाल्नेबाहेक हुनै

सकेको छैन। यसको दोष केटी मान्छेको भन्दा पनि अलिकति उमेर बढ्नासाथ बिहे गर्नुपर्छ भनेर दबाव दिने समाजको हो, त्यसखालका चिन्तनको हो।

जति पनि परिवर्तन, समानता र समृद्धिका कुरा गरे पनि परिवार वा समाजले कहिले पनि छोरी मान्छेलाई ‘मान्छे’ बन्न सिकाएन, केही गर्न प्रेरित नै गरेन, हौसला, विश्वास र आत्मविश्वासी बन्न नै सिकाएन, बरु यो

सिकायो उमेरमै अर्काको घरमा जानुपर्छ, अनि परिवारका सबै सदस्यको अन्डरमा रहेर काम गर्नुपर्छ। सबैको सम्मान गर्नुपर्छ, घरगृहस्थीका सम्पूर्ण काम राम्रोसँग जान्नुपर्दछ अझै पनि समाजको सिकाइ यही हो छोरी

मान्छेको लागि। अनपढ, अशिक्षित हुँदा त घरव्यवहारको काम सिकाउनु पनि ठिकै थियो होला स्नातक, स्नातकोत्तरसम्म पढेकी छोरीलाई समेत ढुंगेयुगका छोरीलाई जसरी अर्काको घरमा गएर सेवा गर्न सिकाएपछि

कस्तो समाजको कल्पना गर्न सकिएला! अहिले पनि नेपाली समाजमा हामीले अध्ययन गर्‍यो भने धेरै बावुआमाले पढाइ सक, केही गर, अस्तित्व सहितको मानिस बन् अनि विस्तारै बिहे गरौंला भनेर कहिल्यै प्रेरित नै गर्दैनन्।

बरु उनीहरूलाई यही चिन्ता हुन्छ राम्रो ज्वाइँ कहाँबाट खोज्ने? ज्वाइँ राम्रो भए त छोरीले किन जागिर खानुपर्‍यो अनि ज्वाइँका लागि मापदण्ड हुन्छन्, अष्ट्रेलिया, अमेरिका वा युरोपियन

मुलुकतिर भएको, नेपालमा भए सरकारी जागिर खाने, वा काठमाडौंमा टन्न धनसम्पत्ति भएको कुलघरानको छोरो यस्तै यस्तै। अनि त्यसो भए व्यक्तिगत संस्थामा जागिर खाने केटा मान्छेहरू सबै अयोग्य हुन्? कि विवाह गर्ने हरेक

युवकले सरकारी जागिर, अष्ट्रेलिया, अमेरिका वा युरोपियन मुलुकतिर जानैपर्ने हो ? छोरीको लागि राम्रो कुलघरान र धनी ज्वाइँ खोज्ने समाजले छोरीलाई भने आफ्नै खुट्टामा उभिनै सिकाएन।

ज्वाइँ राम्रो खोज्नुभन्दा वा विवाह गरिदिन हतार गर्नुभन्दा छोरीलाई सक्षम बनाएर केही गर्न प्रेरित गरेरमात्रै विवाह गराइदिने हो भने छोरीलाई मात्रै होइन, बावुआमालाई समेत धेरै सहज हुन्थ्यो।

कथन नै पनि छ, एउटी महिला शिक्षित भइन् वा सक्षम भइन् भने संसार नै शिक्षित हुन्छ परिवर्तन हुन्छ। त्यही कथनलाई आधार मान्ने हो भने पनि एउटी छोरीलाई छोरीबाट बुहारी बनाउनुभन्दा पहिला

सक्षम बनाउनु आवश्यक छ। तर, यहाँ त २० वर्ष कटेका छोरीहरूको त बिहे गराइदिनै हतार हुन्छ। सक्षम र स्वाबलम्बी नागरिक बन्नुभन्दा नि पहिल्यै बुहारी बन्न दबाव दिइन्छ।

माथि उल्लेख भएका विषयवस्तुले छोरी मान्छे, केही गर्न सक्दैनन्, गरेका छैनन्, अवसर नै पाएका छैनन् भन्ने उठान गरेको होइन, नेपालका कैयौं महत्वपूर्ण निकायहरूमा हाल पनि कसैका छोरी, कसैका

बुहारी वा कसैका श्रीमतीको महत्वपूर्ण सहभागिता छ। अझ युरोपियन देशमा त राज्यको कार्यकारी प्रमुखमा महिला नै रहेका छन्। जसले के प्रष्ट बनाउँछ भने छोरीमा क्षमताको होइन, अवसर, प्रेरणा, हौसला र आत्मविश्वासको कमी छ।

हरेक परिवारले छोरीलाई छोरी नभई बुहारी बनाउनमै हतार गर्छन् भन्ने होइन, तर नेपाली समाजमा अझै पनि धेरै आमाबाबु र आफन्तहरू छोरीलाई बुहारी बन्नमात्रै प्रेरित गर्छन्, स्वावलम्बी बन्नै

सिकाउँदैनन्, शिक्षामा लाखौं लगानी गरेर शिक्षित बनाउँदा समेत उनीहरूलाई आफ्नी छोरी कुशल गृहणी, कुशल बुहारी र कुशल श्रीमती नै बनोस् भन्ने नै सोच्छन्।

तर, हरेक छोरीहरू उत्तिकै क्षमतावान्, उत्तिकै कुशल र सक्षम हुन्छन् भन्ने पनि होइन, कतिपय त घरगृहस्थीमै सीमित हुन रमाउने पनि हुनसक्छन्, उनीहरूलाई प्रेरित गर्नेहरू हुँदै पनि नगरेका हुनसक्छन्

तर, अधिकांश शिक्षित छोरीहरूको हकमा भने विवाहसम्बन्धी समाजको मनोवृत्ति नै लागू हुन्छ। विवाह जीवनको अनिवार्य पाटो भए पनि अपरिहार्य भने होइन, केही गर्छु भन्नेका लागि

विवाहबन्धन बाधक बनिदिँदा धेरै प्रतिभाशाली क्षमताहरू सेलाएर जाने गरेका छन्। तर केहीले भने विवाहपछि पनि श्रीमान वा परिवारको सहयोगमा आफ्नो नाम राखेका छन्।

केही बनेर केही गरेर देखाएका छन्, ती भनेका केही अपवाद केस हुन् अधिकांशका हकमा भने छिटो विवाह र छोरीलाई बुहारी मात्रै बनाउने सामाजिक मनोवृत्तिका कारण प्रतिभा र चाहनाहरू ओइलिएर गएका छन्।

तसर्थ, बिहे कहिले गर्ने भनेर सोध्नु पहिले केही बन्न वा केही गर्न प्रेरित गर्नुस्, के गर्‍यो वा गर्दैछौ भनेर प्रश्न गर्नुस्। छोरीलाई बुहारीभन्दा पहिले सक्षम नागरिक बन्न प्रेरित गरौं।ट चिन्न जरुरी छ यानकी विश्वास गर्न लाएक छ वा छैन भनेर बुझ्नु पर्दछ ।  जनहितमा जारी फेरी पनि येस्ता घटना नदोहोरियोस ।