वैदिक ज्योतिषशास्त्रका अनुसार सबै ग्रहहरूले एक निश्चित अन्तरालपछि आफ्नो राशि परिवर्तन गर्छन्। जसको १२ राशीमा पनि सकारात्मक र नकारात्मक प्रभाव पर्दछ । ग्रहहरूको राजकुमार बुधले ७ मार्च मा कुम्भ

राशि छोडेर मीन राशिमा प्रवेश गर्दैछन्। राहु यस राशिमा पहिले देखि नै बसिरहेको अवस्था छ। बुध र राहुको संयोगले जडत्व योग बन्ने गर्दछ । ज्योतिषशास्त्रमा राहु र बुधको संयोगलाई शुभ मानिए छैन । जडता योगको अशुभ प्रभावका कारण व्यक्तिले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने जनविश्वास रहेको छ । मार्चमा जडत्व योग बन्ने भएकाले केही राशिका व्यक्तिहरूले धेरै सावधानी अपनाउनुपर्नेछ।

मेष : अज्ञात भयले मन अशान्त रहनेछ । पढाइमा मन लाग्दैन । एकाग्रता कम हुनेछ। स्वास्थ्यमा कुनै पनि लापरवाही नगर्नुहोस्। जीवन शैलीमा धेरै ठूलो परिवर्तन हुनेछ। पैसा सम्बन्धी समस्याको सामना गर्नु पर्नेछ।

तुला: मिहिनेत गर्दा पनि काममा बाधा आउनेछ । नोकरी तथा व्यवसायमा चुनौतीको सामना गर्नुपर्नेछ । खर्च अचानक बढ्नेछ। आर्थिक हानिको सम्भावना रहनेछ । जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ, भावनामा उतारचढाव आउन सक्छ। स्वास्थ्यमा कुनै पनि लापरवाही नगर्नुहोस्।

मीन: जागिर खानेहरुको काममा बाधा आउनेछ । जीवनसाथीसँग मनमुटाव हुने संकेत देखिन्छ । पनि लापरवाही नगर्नुहोस्।  शत्रु सक्रिय रहनेछन् । जसका कारण कठिनाइ बढ्न सक्छ । मानसिक अशान्ति महसुस हुन सक्छ। हतारमा कुनै निर्णय नगर्नुहोस्। क्रोधबाट टाढा रहनुहोस्।