काठमाडौँ – शनिबार भगवान् शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् ।

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ त्यसैले पनि यसदिन पूजापाठ बढी गरीन्छ । बिहान सबेरै उठेर पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रमाण्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

शनिबार पारेर फलामका सामग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ । हरेक शनिबार शनिको पूजा गर्नुहोस् ।पिपलको बोट मा पनि विशेष पूजा गर्नुहोस् । खुर्सानीमा पानी छर्कनु

पनि राम्रो मानिन्छ । शनिबार कालो तिल दान गर्नुहोस्। ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ। हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् । नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।