काठमाडौ, हिन्दु धर्ममा सोमवारको विशेष महत्व छ । यो दिन भगवान शिवलाई खुसी बनाउन सक्दा मनोकामना पुरा हुने विश्वास लिइन्छ । शिव भगवान निकै छिटो खुसी हुने देवताका रुपमा

हिन्दुधर्म ग्रन्थहरुमा ब्याख्या गरिएको छ । सोमबार धेरै नारी पुरुषहरु व्रत बस्छन् । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गर्ने परम्परा छ ।यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ । सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र,

रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ । भगवान शिवप्रति श्रद्धाभाव राख्दै निम्न पाँच काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । १. सोमबार भगवान शिवको दिन

अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२. दाम्पत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

३. बिहानै बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ । ४. सोमबारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा

ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ । ५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक

जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ । यो पनि पढ्नुहोस: केही दिन अघिदेखी टिकटकमा एउटा भिडियो निकै भाइरल बनेको छ । दाहाल कबिता नामक टिकटक आइडिबाट

पोस्ट भएको उक्त भिडियोमा जंगलको बिचमा एउटा रुखको फेदमा अढेस लागेर छ’टप’टाई रहेकी एक युवती देखिन्छिन । वरिपरि थुप्रै मान्छेहरु हासेको, बोलेको सुनिन्छ तर ती युवतिलाई के भएको हो भनेर खासै

बुझ्न खोजेको कसैले देखिदैन । उनिहरु ती युवतिलाई हेर्दै हस्दै गरेको सुनिन्छ । उक्त भिडियो टिकटकमा पोस्ट भएको भोलिपल्ट फेरि उनको भिडियो रि’प कमला भनेर पोस्ट भएको थियो । त्यसपछी भने थुप्रैले उनको फोटो

तथा भिडियोमा रि’प लेखेका पोस्टहरु आएका थिए । उनी जि’उँदो हुदा भिडियो बनाएर बस्नेहरुले उनलाई के भएको हो भनेर तेत्रो भिडले किन बुझ्न खोजेन साथै किन ती युवतिलाई अस्प’ताल लान खोजेन भनेर अहिले थुप्रै बि’रोध भै रहेको छ ।

साथै उक्त भिडियो पोस्ट गर्ने दाहाल कल्पना नाम गरेको आइडिको पनि खोजी भै रहेको छ अहिले । यस बारेमा बुझ्दै जादा ती युवती खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी रहेको बुझिएको छ ।

उनी उर्लाबारीमा बसेर पढ्दै आएको खुलेको छ । पथरी-कानेपोखरी क्षेत्रको जङ्गलमा उनी त्यसरी भेटिएको बुझिएको छ । उनी त्यहा किन आइन भन्ने अहिले सबैको चासोको विषय बनेको छ ।

उनको छेउमा एउटा पानीको बोतल र झोला देखिन्छ । झोला र बोतल हेर्दा उनी त्यहा आफै आएकी हुन कि भन्ने पनि लाग्छ । तर किन त्यो जंगलमा आईन भन्ने खोजी भै रहेको छ ।

दिक्तेलकी राधिका आचार्य ती युवतिकी छिमेकी हुन । अहिले उनले जानकारी दिए अनुसार ती युवती कमला आचार्य हुन । उर्लाबारीको राधिका माध्यमिक बिधालयमा उनी पढ्दै आएको छिमेकी राधिकाले बताईन ।

उनी मिलनसार रहेको उनको भनाई छ । उनी उर्लाबारीमा आन्टिसगँ बस्दै आएको राधिकाले बताईन । उनकी आन्टिले बताए अनुसार उनी आफ्नो तालिम भएको र केही दिन आफू तालिममा जाने बताएर हिडेको उनको भनाई छ ।

उनी मृ’त्यु हुनु भन्दा केही दिन अघि यहाबाट हिडेको आन्टिले बताएको राधिकाले बताएकी छिन । उनी महिनावारी भएर दु’खाई सहन नसके पछि वि’ष से’वन गरेको भनी उनकी आन्टिले आफुहरुलाई बताएको राधिकाको भनाई छ ।

अहिले उनको भिडियो त्यसरी टिकटकमा पोस्ट गर्ने दाहाल कबिता भन्नेको खोजी भै रहेको बुझिएको छ । साथै त्यहा रहेका अन्य ब्याक्तिहरुको पनि खोजी भै रहेको बताईएको छ । उनिहरुको पहिचान भए त्यहा के भएको थियो भन्ने खुल्न सक्ने सबैको अनुमान छ । अहिले उक्त घ’टनाबारे प्रह’रीले पनि अ’नुसन्धान गरिरहेको बताएको छ ।