एजेन्सी – मंगल ग्रहलाई साहस र वीरताको कारक मानिन्छ । मंगलग्रहको गतिलाई निकै महत्वपूर्ण मानिएको छ, जुन भोलि परिवर्तन हुन गइरहेको छ । मकर राशिमा मंगल गोचर

माघ २२ गते राति १० बजेर ११ मिनेटमा हुनेछ । मंगलग्रहको गोचरले सबै १२ राशिलाई प्रभावित गर्नेछ । मङ्गल ग्रह मकर राशिमा विराजमान भएका कारण केही राशिलाई धेरै लाभ हुन सक्छ । त्यसैले आउनुहोस् जानिराखौं शनिको राशिमा मंगलग्रहको गोचरसँगै कुन राशिका मानिसहरुले आफ्नो शुभ दिनको सुरुवात गर्नेछन्

वृश्चिक मंगल मकर राशिमा प्रवेश गरेपछि त्यसको फलस्वरूप वृश्चिक राशिका व्यक्तिहरूलाई शुभ फल मिल्नेछ। परिवारमा सुख शान्तिको वातावरण रहनेछ। व्यापारमा सफलता मिल्नेछ र स्वास्थ्य पनि राम्रो देखिन्छ । साथै, आर्थिक लाभको सम्भावना पनि रहनेछ। तर खर्च पनि बढ्न सक्छ, यो कुरा मनमा राख्नुहोस्।

मेष मेष राशिका लागि मंगल ग्रहको राशि परिवर्तन लाभदायक मानिन्छ । यस राशिका मानिसहरुको पूजामा धेरै रुचि रहनेछ । साथै वैदेशिक यात्रामा जाने सम्भावना छ । तपाईको भाग्यले साथ दिनेछ र दिन राम्रो रहनेछ। साथै, प्रेमी र प्रेमिकाको भेटघाट पनि सम्भव छ।

वृष वृष राशिका मानिसहरुका लागि मंगलको यो गोचर निकै शुभ मानिन्छ । शेयर बजारमा सुरक्षित विकल्पहरूमा लगानी गर्नु लाभदायक साबित हुन सक्छ। साथै केही शुभ समाचार पनि प्राप्त हुन सक्छ। आर्थिक अवस्था पनि बलियो हुनेछ । साथै, नोकरीमा पदोन्नतिको सम्भावना छ। तर आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ ।