एजेन्सी – फागुन कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्रि पर्व मनाइन्छ । यस दिन देशभरका शिव मन्दिरहरुमा सजाइन्छ । यस दिन मानिसहरूले व्रत बस्छन् ।

यस दिन माता पार्वती र भगवान शिवको विवाह भएको बताइन्छ । त्यसैले यस दिन भोलनाथ र माता पार्वती दुवैको पूजा गरिन्छ। हिन्दूक्यालेन्डर अनुसार यस पटक महाशिवरात्रि पर्व फागुन २५ गते परेको छ । यस पटक महाशिवरात्रिको दिन विशेष दुर्लभ संयोग बन्दैछ। ३०० वर्षपछिद्धि योग, सिद्धयोग र शिवयोगको निर्माण हुने भएकाले केही राशिका लागि यो शिवरात्रि विशेष रहनेछ ।

तुला राशि यो महाशिवरात्रि तुला राशिका लागि विशेष मानिन्छ । यी राशिका व्यक्तिहरुलाई आर्थिक मामिलामा धेरै फाइदा हुने देखिन्छ ।र्थिक लाभको सम्भावना छ । यससँगै सम्बन्धित काममा सफलता मिल्नेछ। तुला राशिका व्यक्तिको मान सम्मानमा वृद्धि हुने सम्भावना छ ।

कुम्भ राशियो महाशिवरात्रि कुम्भ राशिका  लागि पनि विशेष मानिन्छ । कुम्भ राशि हुनेहरुको हरेक मनोकामना पुरा हुनेछ । महाशिवरात्रिको दिन भगवान शिवको अभिषेक गर्नाले कुम्भ राशिका व्यक्तिले जागिरमा पदोन्नति तथा रोजगारीमा नयाँ अवसर मिल्नेछ । यसका साथैरिवारका सदस्यहरूसँगको सम्बन्ध पनि मजबुत हुनेछ ।

सिंह राशि सिंह राशिका लागि यो महाशिवरात्रि शुभ समाचार ल्याउने छ । सिंह राशिका लागि शुभ दिन सुरु हुन लागेको छ । करियरमा सफलता, आर्थिक लाभ, मान सम्मान र पदमा वृद्धि हुने सम्भावना छ।

वृष राशि यो महाशिवरात्रि वृष राशिका लागि पनि शुभ रहनेछ । महाशिवरात्रि देखि वृष राशि हुनेहरुको जीवनमा खुशीको वर्षा हुने भएको छ । शुभ समाचार प्राप्त हुने सम्भावना छ । यसका साथसाथै प्रगतिका नयाँ बाटाहरू पनि खुल्नेछ र पदमा वृद्धि हुनेछ।