यौन क्रियाका क्रममा मैलेभन्दा मेरो पार्टनरले बढी चरमसुख प्राप्त गरेजस्तो लाग्छ। महिला पार्टनरले पनि चरमसुख प्राप्त गर्न के गर्नुपर्छ ?
जिज्ञासा : एस, धरान आकस्मिक रूपमा भन्दा लामो समयदेखि

परिचितसँग आफ्नो यौन चाहना खुलस्त भन्न सकिने र आफ्नो आवश्यकता निर्धक्क व्यक्त गर्न सक्ने हुन्छ। नयाँ पार्टनरसँगको सम्बन्ध कौतूहलमा त होला तर यौन उत्तेजनामा आउनै समय लाग्न सक्छ। त्यस्तो यौन सम्बन्धमा चरमसुख प्राप्त होला भन्नेमा शंकै हुन्छ। परिचित र सहयोगी पार्टनरबीच यौन क्रियासँगै छिट्टै चरमसुख प्राप्त हुन्छ।

‘द जर्नल सेक्सुअल मेडिसिन’ का अनुसार योगाभ्यास तथा मन शान्त राख्न सक्ने क्रियाकलापले यौन चाहना बढाउन, यौन उत्तेजना बढाउन र अधिक चरमसुख प्राप्त गर्न सघाउँछ। योगाभ्यास अथवा शारीरिक

व्यायामको क्रममा तल्लो पेट, पुट्ठा अनि जननेन्द्रिय वरिपरिका मांसपेशी कसिलो भएको खण्डमा चरमसुखमा पुग्ने क्षमता वृद्धि आउँछ। योग अभ्यासले डिप्रेसन र चिन्ता पनि कम गराई यौन उत्तेजनाको कमीको समस्या पनि हटाउँछ।

हतारमा यौन कार्य, शीघ्र स्खलनसँगै पुरुष लिंगको शिथिलता, पुरुष यौन साथीको स्वार्थ प्रवृत्ति, आफ्नो यौनेच्छा र सन्तुष्टि व्यक्त नगर्ने कारण धेरै महिलाले चरमसुख प्राप्त गर्न सकिरहेका हुँदैनन्।

पुरुष यौन साथीद्वारा दमित व्यवहार तथा वैवाहिक अवस्थाभित्रको थुप्रै बाध्यताले आफ्नो इच्छा, चाहना वा सन्तुष्टि व्यक्त गर्न नसक्ने हुन्छ। एक सर्वेक्षणअनुसार करिब ४३ प्रतिशत

महिलाले यौन सन्तुष्टि प्राप्त गर्न नसकेको देखाए पनि यौन क्रियाकलापको क्रममा प्राक्क्रीडालाई जोड दिएको खण्डमा यो संख्या धेरै हदसम्म कम गर्न सकिन्छ। भौतिक रूपमा योनि–लिंगको समागम मात्र भन्दा दुवैले यौन सन्तुष्टि पाउने सम्भोगका लागि यौन क्रियाकलापको क्रममा प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ।