निशा राई टोलको एकजना शुभचिन्तक आन्टी प्राय सोधिरहन्छिन् ‘हैन तिमी बिहेचाहीँ कहिले गर्ने नि। म अलि फिल्मी पारामा स्टाइल मारेर जवाफ दिन्छु ‘मन परेको मान्छे पो लोग्ने
बनाउने नत्र सिंगलै ठीक।’ एकदिन आन्टीले ममीलाई भनेकी थिइन् रे तपाईं की छोरी उ’त्ताउली छे टेढो टेढो जवाफ दिन्छे। हो, म उ’त्ताउली भएँ। किनकी जीन्दगीको महत्वपूर्ण निर्णय बिहेलाई कसैले शालीनतासँग जोडेर प्रश्न सोध्यो मैले त्यसको सिधा जवाफ मात्र दिएको हो। ल्लोपल्ट शितल दाहालले लेखेको मेरो बिहे
किन हुँदैनरु लेखले मलाई असाध्यै छोयो। मैले पनि एकपल्ट जिस्क्याएर उनलाई सोधेकी थिएँ ए दिदी बिहे नगर्ने । कि धनी केटा खोज्दै हो । उनले हाँस्दै जवाफ फर्काएकी थिइन् ‘मजस्तो आफैं
काम गरी खानेले के धनी केटा खोज्नुपर्यो। मलाई बिहे गर्ने केटा चैँ धनी हुन्छ बुझ्यौ। उनको जवाफपछि हामी मरीमरी हाँसेका थियौ। ठट्यौली गफको मिठो सन्देश असाध्यै चित्तबुझ्दो थियो ‘लोग्नेको भरमा
नपर्ने जीवन रोज्ने। तर समाजको आँखामा यस्ता ठट्यौली गफ दिने केटीहरू वेशरमी हुन्छन्’। शालीन केटीहरू त खुरु खुरु सुन्छन् जवाफ फर्काउँदैनन्। झण्डै दुई वर्षअघि मेरो एकजना साथीको
बिहेको कुरा चलिरहेको थियो। केटापक्षले केटी शील स्वभावकी छ कि छैन भनेर अफिसमा चेकबुझ गर्न पठाएछन्। पत्रकारिता गरिरहेकी बोलक्कड स्वभावकी मेरी साथीले सुईको पाइछे अनि
केटाको घरमै गएर भन्दिछे ‘मेरो सयजना केटा साथी छन् मुश्किलले दश जना होलान् केटी साथी। पहिले एउटा ब्वा’ईफ्रेन्ड पनि थियो अहिले ब्रे’क अप भइसक्यो। बाहुनकी छोरी हुँ जड्याँहा त होइन तर वाइन अलि अलि खान्छु।
केटीको त्यत्रो आँट देखेर केटापक्षले बिहेको प्रस्ताव तुरुन्तै रोके। पोथी जो बासेकी थिई त्यसमाथि ब्वा’ईफ्रेन्ड पनि बनाइसकेकी। बिग्रेकी केटीको ट्याग पनि भिरिसकेकी थिई उसले। महिनौ दिनसम्म घरमा गाली
खाई। तर ऊ खुसी थिई। उसको शालीनता चेक जाँच गर्न आउनेलाई घरमै गएर गतिलो जवाफ दिएकी थिई। मेरी साथी अहिले अमेरिकामा पढ्दैछ। भलै केटापक्षका लागि ऊ बिग्रेकी साबित भई
तर अहिले अमेरिकामा पढाईसँगै मस्त जीन्दगी बाँचेकी छे। मेरो ममीको एकजना मिल्ने साथी थिइन्। अग्लो सलक्क परेको शरीर अनि लामो कपाल भएकी। सानो हुँदा उनले फरर अंग्रेजी बोलेको देख्दा
हामी दंग परेर हेर्थ्यौ। अझ देब्रे हातले चुरोट समाएर रातो लिपिस्टक लगाएको ओठमा घुसारेर फ्वाँ फ्वाँ धुँवा उडाको देख्दा त क्या बोल्ड केटी हुँदी हो भन्ने लाग्थ्यो मलाई। उनको घरमा विदेशी कुईरे साथीहरू आइरहन्थे।
चारतारे होटलमा नौ पाँचको जागिरे भएपनि सिलाई बुनाईको काम गर्थिन्। साह्रै मिहनेती थिइन्। सानो छँदै आमा बितेको, बाबु ज’ड्याँहा थिए रे। आन्टीले आफनो भाइहरुलाई छोरा मानेर
स्याहारेकी थिइन्। सधैँ घर व्यवहार चलाउन पैसा कमाउनपर्छ भन्थिन्। सानो सानो थैली सिउँथिन् अनि विदेशमा बेच्थिइन्। चालीस वर्षसम्म मनले खाएको मान्छे नपाएर विहे नगरेपछि उनलाई
टोलमा बिग्रेकी महिला भनेर कुरा काट्नेहरु धेरै थिए। उनी अरू महिलाभन्दा अलिक फरक थिइन्। राम्रो अंग्रेजी भाषाकै कारण धेरै विदेशी साथीहरु भए। मिहनेती र मिजासिलो स्वभावले धेरै साथीहरुको मन जितेर
देश विदेश चहारिन्। बिहे उनको पहिलो रोजाईमा कहिल्यै परेन। तर बिहे नगरेकै कारण मान्छेहरू उनलाई बिग्रेकी आईमाई भन्थे। धेरै कुइरे साथीहरुसँग हिँड्छे, घुम्छे त्यो चरित्रहीन छे भन्थे। राम्रै कमाईका
कारण उनी भनेको जस्तो लाउन खान सक्ने हैसियतकी भइन्। डेढ वर्षअघि मात्रै आन्टीको बिहे भयो ४५ वर्षको उमेरमा। समाजका लागि ढिलो उमेरमा बिहे गर्ने उनी बिग्रेकी आईमाई थिइन् तर जीन्दगी
आफ्नै मर्जीमा रमाईलो गरी गरी बिताउन पाइन्। त्यो उनको मनको रमाइलो सत्य हो। के वेपरवाह जीवन बिताउने यीनीहरूले सानो कुरामा खुसी हुने हर्कतको मूल्य चुकाउन बिग्रेकी केटीको ट्याग भिर्नैपर्छ ।
त्यही पात्र जब हामी टेलभिजनमा देख्छौं वाह वाह गरेर ताली पिट्छौ। तर किन वास्तविक जीवनमा यीनीहरुलाई फ्लप पारिन्छ। उहिलेकीको रामायणमा पवित्रताको अग्नि’परीक्षा सीताले दिएकी थिइन्।
एक्काइसौं शताब्दीमा आफै काम गरी खान्छु भन्ने केटीहरूले पवित्रताको परीक्षा क कसलाई दिनपर्ने हो । पुर्बेली न्यूज डटकम बाट । यो पनि थु’क्क मेरो जात १ जोवन चल्ने, भोजन नचल्ने‘ – हिजो
एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो हेई शिवानी फ्रेन्ड रिक्वेष्ट पठाएको छु किन एसेप्ट नगरेको रु लेख्नु भएको रहेछ। कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो्र
मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ, झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन ।
फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन। अरुले के कारण र उदेश्यले
फेसबुक चलाउछन मलाइ थाहा भएन्र तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु। गाउँकै दाजु भएको कारणलेउहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ
तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो्र अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो आहा कति राम्री छौ है तिमी त। मैले केहि प्रतिकृया जनाइन साथी
बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि कन्जुस्याई गरे त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो पाँचटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट दिएर धन्य बनाए ।
मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटस उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन्र कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सहि हो” “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो।
मेरा तस्वीरहरूमा “आहा कति राम्री“वाउ लुकिंग सेक्सी “सो हट जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो तात्यो फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी रु यस्तो लाग्थ्यो मलाई पचास लाइक
र आठदश कमेन्ट दिएर फकाइसके मलाई तिनको पागलपन देखेर एकछिन कुरा गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन् रु कुरा गर्ने क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन
गाउँको हो भन्ने थाह छ तर कसको छोरी या बहिनी भन्ने थाह छैन्र धेरै बर्ष गाउँ बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाइको बारेमा मलाइ भने धेरै कुरा थाह थियो , यिनकी छिमेकी बहिनी मेरी साथी भएकी
र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै चिन्थे , यसबीचमा यिनले दुइपटक मेरो मोबाइल नम्बर मागे भने तीनपटक म्यासेन्जरमा कल गरे, मैले दुबैलाई इन्कार गरें मैले अब मेरो काम छ पछी कुरा
गरौंला भन्दापनि नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई ब्याख्या गर्नेमा व्यस्त रहे, अन्तिममा केहि उपाय नलागेपछि मैले भनें म तपाईलाई अंकल भन्छु दाजु आत्तिदै भन्छन् हैट के भनेको त्यस्तो
रु बरु हामि लप गरौँ न आइ लप यु तिनको पछिल्लो शब्दले मलाइ रन्थन्यायो , आखिर के सम्झिन्छन छोरा मान्छेहरु आफुलाई रु कसरि यस्तो सोच्न र भन्न सक्छन रु एक छोरा र एक छोरीका बाउ भएर
आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर जान्दाजान्दै कसरि यस्तो कुरा भन्न सक्छन रु के लाज, डर, घिन, इज्जत केहि हुन्न यिनको रु म सरासर उनको प्रोफाइलमा गएँ कतै फेक अकाउन्ट त होइन
भन्ने जिज्ञासाले , तर होइन उनको आफ्नै अकाउन्ट थियो, उनले केहि घण्टा अगाडी छोरीको फोटो हालेका रहेछन, “मेरी गुडिया आइ लप यु लेखेर मलाइ यो आइ लप यु शब्दसँग धेरै घिन लाग्यो, मलाइ पनि मेरा
आफन्तले “आइ लप यु” भन्नुहुन्छ।हिजोसम्म प्रेमको, स्नेहको प्रतिक लागेको आइ लप यु एकाएक घृणित शब्द भयो, उनले छोरीलाई पनिलाई जस्तो आइ लप यु भनेका होलान्, मलाइ यस्तै लाग्यो,
मैले एकाएक तिनमा राक्षस देखें, भीमकाय शरीर, विकृत अनुहार र फोहोरी सोच भएको राक्षस, तिनलाई उचित शिक्षा दिने बिचार आयो, म पुन म्यासेजमा फर्किसक्दा उनले “
बिहे नगरेपनि अनलाइन लप गरौँ, यसो समय कटाउने मेलो म बिदामा आउँदा तिमीलाई नया मोडेलको मोबाइल ल्याइदिन्छु ” लेख्न भ्याएका रहेछन, मेरो रिसको पारो झन् तातियो, मैले उक्त म्यासेज
बक्सको स्क्रीनसट लिएँ र मेरो वालमा उनलाई ट्याग गरेर हालिदिएँ । यी एक प्रतिनिधि पुरुष हुन् हाम्रो समाजका्र यसो भन्दा सबै पुरुष यस्तै हुन्छन् भन्ने हुँदैन, धेरै राम्रा पुरुषहरु पनि छन्, तर राम्राहरुलाई यी र
यस्ता कुपुरुषहरुले छाँ’यामा पारेका हुन्छन्, अझैपनि धेरै पुरुषहरु त्यस्ता छन् जसको म्यासेज रिप्लाई नगर्दा ओइ लु एकरातको कति लिन्छेस रु किन भाउ खान्छेस र डी रु “बोल्दिनस भने किन अनुरोध स्वीकार
गरिस रु भन्नेजस्ता म्यासेज पठाउछन् , हाम्रो आफ्नै काम हुन्छ, आफ्नै व्यस्तता हुन्छ सधैं सबैलाई जवाफ फर्काएर बस्न सकिदैन, फेरी मलाइ यसो भने भनेर कसलाई सुनाउदै हिड्ने रु ब्लक या डिलिट कतिलाई गर्ने ?
कतिलाई ति दाजुलाई जस्तो शिक्षा सिकाउने रु अर्कोकुरा फेरी, यो फेसबुक नचलाई पनि नहुने कुरो। यस्तो कार्यमा सबैभन्दा अगाडी घरछोडेर परदेशिएकाहरु छन् मेरो निजि अनुभवमा। तिनीहरु कतार, दुबई,
साउदीजस्ता खाडी मुलुकमा छन् कि त फेरी मलेशियामा छन्, तर तिनीहरु कै वालमा हेर्ने हो भने, देश बिग्रियो, समाज सकियो, संस्कारको सत्यानाश भयो भन्नेजस्ता राग अलापेर बसेका हुन्छन्, समाजको
एउटा हिस्सा मपनि हुँ, मैले गरेको हर्कतले अरुलाई कति असर परेको छ भनेर कहिल्यै सोच्दैनन््र आफ्नो निर्णय र आदेश लाद्न पल्केकाहरु नै देशको मुख्य दुश्मन हुन्
आफ्नो कुरा अरुले मान्दा र आफुले हेप्न पाउँदा आफुलाई मर्द सम्झेर मख्ख पर्छन, छोरीमान्छेलाई छाडा बोलेर, हेपेर, अपमान गरेर कोहिपनि मर्द हुँदैन्र मर्दले त नारीको इज्जत र रक्षा गर्छ्र अशक्त र बच्चालाई प्रेम बाड्छ,
पिडितको उद्दार गर्छ्र धर्मको पालना गर्छ्र करीब दश मिनेट पछि तीनले रोइ कराई गरेपछि त्यो पोष्ट हटाएँ मैले, सोचें उनकी छोरीले त्यो कुराहेरी भने के सोच्छे होलारु छोरीको आँखामा आफ्नो बाबु जस्तो
भएपनि एउटा आदर्श पुरुष हुन्छ। मेरी एउटी साथी छे, अन्जली। हामी सानैदेखि गाउँमा सँगै पढेर काठमाडौं पनि सँगै आएका हौँ। हामीदुबैका दाजुहरु यहिँ बस्ने भएकोले यता आएपछि बसाइ
अलगअलग भयो। पढाइको रुचि अनुसार फरकफरक कलेज रोजियो। पछिल्लो समय उसले स्नातक सकेर निजि बैंकमा जागिर खान्थी। म डिग्रीको पढाई सँगै एउटा निजि कम्पनीमा काम गर्थे। आज
बिहान रुँदैरुँदै मलाइ “इमो”मा फोन गरि र छिट्टै भेट्न बोलाइ। म कामको शिलशिलामा पटनामा भएकोले तत्काल आउन नसक्ने बताएँ। साथै रुनाको कारणबारे पनि जिज्ञासा राखें।
धेरैबेरको रोदन र मेरो लगातार को प्रश्नले उसले समस्याको पोको खोली। उसकै बैंकमा कामगर्ने सहकर्मीसँग उसको प्रेमसम्बन्ध रहेछ।नदेखि शुरु भएको प्रेम तनवदन हुँदै जातमा गएर अड्किएछ।
अन्जली कथित दलित हो, बिश्वकर्मा् उसको प्रेमी उपाध्याय बाहुन रहेछ । अहिलेको समयमा कम्तिमा हाम्रो पुस्ताले जातभातको कुरा गर्नु एकदमै दुखलाग्दो कुरा हो।
उनीहरुलाई एकअर्काको जातको बारेमा थाह नभएको पनि होइन। दुबैलाई थाहा भएर पनि जातलाई गौण मानेर प्रेम गरेछन, अन्त्यमा बिहे गर्ने कुरा आएपछि परिवारको कारण देखाएर प्रेमी टाढियो। अन्जलीदेखि
टाढा हुनलाई जागिरै सरुवा गरेर लगेछ । आजको पढेलेखेको पुस्ता यस्तो छ, जो आफ्नै घरमा आफ्ना बाआमालाई मनाउन सक्दैन, भोलिको बाटोमा आउनसक्ने अवरोध र व्यवधानको लागि पुर्व तयारी गर्दैन भने
उसले पढेको के काम भयो, उसले हाँसिल गरेको ज्ञान र शिक्षाकै बेईज्जत भएन ररु अरुबेला देश बदल्ने ठुलाठुला कुरा गर्नेहरुले पहिलाफुलाई र आफ्नालाई बदलेर देखाउन ।
अन्जलीले आफु सानो जातको भएर भोग्नुपरेको यो पहिलो घटना भने होइन्र सानैदेखि यस्तो व्यवहार हुन्थ्यो, हामीले सम्झाउथ्यों। कति बुझ्थी कति बुझ्दिनथिइ उसैले जानोस्। हामी साथीहरु एकअर्काको
घरमा आउजाउ गर्थ्यौं। झन् केहि बिशेष पुजाआजा, बिहे बटुलो हुँदा त नगई नहुने। छोरीले कर गरेर बोलाउने बाउआमाले घरमा पस्न नदिने धेरै पटक हुन्थ्यो। यसरि अपमानित हुँदापनि उसले कहिल्यै
साथ छोड्दिन थिइ, शायद आफुलाई त्यहि अनुरुप तयार पारेकी थिइ। मलाइ अचम्म लाग्छ, जब कोहि दलितको घरमा केहि पवित्र कार्य हुन्छ्र कथित ठुला जातकाले फलफुल प्रसाद बाहेक अरु खाँदैनन्र फलफुल छोइदैन अरु छोइन्छ रे ।
दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे तर उसले छोएको खान हुँदैन रे्र उनीहरुले खसी बोका के रिमोटले चल्नेनाएर पालेका हुन्छन् ररु दलितको खेतमा फलेको अन्न खान हुने,
उसको धाराको पानि पिउन हुने, छोएको खान नहुने रे कति हास्यास्पद छ है चलनरु मेरो गाउँका प्राय दलितहरु रक्सि पार्छन र बजारकालाई बेच्छन्र त्यहि रक्सीले मातेर सुतेका उपल्लो
जातिका महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा पानीले जिउ पखाल्छन्, जनै मुसार्छन र चोखिन्छन् उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न। सुनपानी र जप गरेर दुरुस्त हुन्छन् ।
तर जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैननरु यो प्रश्नको जवाफ धर्म संस्कार र समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने पात्रहरुले
दिनुपर्दछ। म बुझ्दछु शायद अन्जली यतिबेला आ’त्मह’त्या गर्नेबारे सोच्दैछे। नभएपनि उसलाई यो समाज र यसका देखावटी रिति रिवाजप्रति रुष्ट छे, जसलाई उसले आफ्नो सर्वस्व सुम्पिएकी
थिइ उसैले आज नगरेको गल्तिको सजायँ दियो, दलितको कोख अन्जलीले रोजेर पाएकी होइन। न कसैले उपाध्यायको कोख रोजेर या आफ्नो मिहेनतले पाएको हो। जुन कार्यमा आफ्नो केहि योगदान छैन त्यसमा घमण्ड किन गर्नेरु अन्जलीलाई हौसला र ढाडस दिनेकाम मेरो लागि गाह्रो काम हो।