म २२ वर्षीया युवती हुँ । मेरो पहिलो यौ*न*स*म्प*र्क १७ वर्ष हुँदा भएको थियो । त्यति बेला मलाई केही समस्या भएजस्तो महसुस भएन तर अहिले २–३ वर्ष भयो मेरो गु*प्तां*ग अलि बढी गन्हाउँछ

अनि चिलाउँछ पनि । कहिलेकाहीँ पिसाब गरेपछि गु*प्तां*ग पोल्छ । यो के भएको हो ? प्रत्येक व्यक्तिको आ–आफ्नै किसिमको स्वाभाविक गन्ध हुन्छ । विशेष गरेर किशोरावस्थामा पुगेपछि हाम्रो छालामा भएका पसिना ग्रन्थिहरूको श्राव तथा त्यसमा जीवाणुका क्रियाकलापका कारणले यस्तो गन्ध उत्पन्न हुन्छ ।

विशेष गरेर किशोरावस्थामा apocrine तथा sebaceous glands सक्रिय हुन्छन् भने apocrine ग्रन्थि हाम्रो काखीमा तथा यौ*ना*ङ्ग क्षेत्रमा पाइन्छ र यी नै हाम्रो शरीरको गन्धका लागि प्रमुख रूपमा जिम्मेवार हुन्छन् ।

त्यसबाहेक हाम्रो खाना, स्वास्थ स्थिति, हामीले सेवन गरेका केही औषधिले पनि हाम्रो शरीरको गन्धमा प्रभाव पार्छन् । तपाईंले याद गर्नुभएकै होला, पुरुष र महिलाको शरीरको गन्धमा पनि भिन्नता हुन्छ ।

यो*निको गन्धको सम्बन्धमा कतिपय महिलालाई तपाईंलाई जस्तै चासो हुन्छ र विशेष गरेर अन्तरङ्ग सम्बन्ध राख्नुपर्ने स्थितिमा यसको चिन्ता अधिक हुन्छ ।

तपाईंलाई छापा तथा टेलिभिजनमा गरिएका प्रचारले तपाईंको यौ*ना*ङ्ग क्षेत्रबाट पनि फूलको जस्तो सुगन्ध आउनुपर्छ जस्तो लाग्न सक्छ तर वास्तविकता त्यो होइन । स्वस्थ यो*निको आफ्नै किसिमको विशेष गन्ध हुन्छ ।

महिलामा भने महिनाबारीको चक्र अनुरूप यसको गन्धमा समेत केही परिवर्तन आउँछ । यस्तो गन्ध व्यक्तिअनुसार फरक–फरक हुन्छ । कतिपय महिलामा यो गन्ध कडा किसिमको हुन्छ भने कतिपयमा हल्का किसिमको । यौ*न*स*म्प*र्क तथा वीर्य स्लखनपछि पनि यो*निको गन्धमा फरकपन देखा पर्छ ।

यो*निको असामान्य गन्धको कुरा

यो*निको असामान्य गन्धप्रति विशेष चासो र चिन्ता हुनु जायज पनि छ किनभने यसले कुनै विकार वा रोगलाई संकेत गरिरहेको हुनसक्छ ।

अब के–कस्तो अवस्थामा यो*नि असामान्य रूपमा गन्हाउँछ भन्ने चर्चा गरौं । तपार्इंले यो*नि गन्हाउनेदेखि बाहेक चिलाउने वा पोल्ने कुरा पनि उल्लेख गर्नु भएकाले त्यसले यो*निको संक्रमणलाई संकेत गरिरहेको छ ।

यो*निको संक्रमणमध्ये एउटा प्रमुख संक्रमण bacterial vaginosis हो । यो*निमा सामान्य रूपमा हुने जीवाणुको मात्रा असन्तुलित हुँदा यस्तो हुन्छ ।

सेतो वा मैलो किसिमको र अधिक मात्रामा यो*नि श्राव हुने, यो*निको वरिपरि चिलाउनेदेखि बाहेक यो*निबाट आउने गन्ध माछाको जस्तो हुन्छ । तपाईंले आफ्नो यो*निश्रावको गन्ध कस्तो प्रकारको छ, लेख्नुभएको छैन ।

अर्को धेरैजसो हुने यो*निको संक्रमण हो । यो*नि र यो*नि वरिपरि चिलाउने, पिसाब पोल्नेबाहेक पनिर जस्तो सेतो बाक्लो यो*निश्राव भए पनि यसको गन्ध भने खराब हुँदैन । यस्तो संक्रमण यौ*न*स*म्प*र्क नराखेको स्थितिमा समेत हुनसक्छ ।

तपाईंले १७ वर्षको उमेरमा यौ*न*स*म्प*र्क भएको कुरा गर्नुभएको छ । त्यसैले तपाईंलाई यौन रोग लागेको सम्भावनालाई पनि नकार्न सकिँदैन । त्यसबाहेक त्यतिबेला एकपटक मात्र यौ*न*स*म्प*र्क भएको हो वा त्यसपछि पनि निरन्तर यौ*न*स*म्प*र्क हुँदै आएको छ, स्पष्ट भएको भए जवाफ दिन सजिलो हुने थियो ।

समाधान के होला ? 

यो*निका केही संक्रमण गम्भीर प्रकृतिका हुनसक्ने भएकाले के कारणले यस्तो भएको हो पत्तालगाई उपचार गराउनुपर्छ । यसका लागि तपाईंले चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । अर्को महत्वपूर्ण पक्ष यो*निको संक्रमण हुन नदिनु हो । यो*निको संक्रमणबाट जोगिने वा भनौं कम गर्ने केही उपाय :

यो*नि तथा यौ*ना*ङ्ग क्षेत्रलाई सफा राख्ने । हल्का किसिमको साबुन–पानीले यो*निको बाहिरी भाग प्रत्येक दिन धुने । दिसा–पिसाबपछि टिसु पेपरले पुछ्नहुन्छ भने अगाडि (यो*नि) तिरबाट पछाडि (मलद्वार) तिर लगेर पुछ्ने । पछिल्तिरबाट अघिल्तिर ल्याएर पुछ्दा मलद्वारमा भएका जीवाणु यो*निमा सर्न सक्छन् ।

भित्री पहिरन (अन्डरवेयर) धेरै कसिलो तथा नाइलन, पोलिस्टर वा रेयोनले बनेको हुनु हुँदैन । बरु सुतीले बनेको मात्र प्रयोग गर्ने । यौ*ना*ङ्ग क्षेत्रलाई ओभानो राख्नुपर्छ । धेरै गर्मी वा धेरै ओसिलो भए जीवाणुको संक्रमण हुने सम्भावना हुन्छ ।

सफा गर्न भनेर धेरैले यो*निमा डुस दिन्छन् । स्वस्थ यो*निले आफूलाई सफा गर्ने आफ्नै प्राकृतिक विधि हुन्छ । डुस दिने, कडा किसिमको साबुन वा डिओडेरान्टको

प्रयोगले यो*निको प्राकृतिक अवस्थामा असन्तुलन ल्याउँछ र संक्रमणलाई बढावा मिल्छ । भित्री पहिरन (अन्डरवेयर) दिनहुँ फेर्नुपर्छ । पर्याप्त मात्रामा पानी पिउनुपर्छ जसले गर्द पिसाब सफा होस् ।

अत्यधिक सुगन्धित साबुन, टेम्पोन, प्याड, स्प्रे वा बबल वाथ जस्ता कुरा प्रयोग नगर्दा संक्रमणको सम्भावना कम हुन्छ । यौ*न*स*म्प*र्कका कारणले नै यो*नि तथा प्रजनन अङ्गमा संक्रमण हुन सक्ने भएकाले यसलाई कन्डमको प्रयोगबाट सुरक्षित बनाउनुपर्छ । यदि यौ*न*स*म्प*र्क राख्नबाट परहेज गर्न सकिँदैन भने यौनरोग लागे–नलागेको निदान गरेर यौन साथीसहित आफ्नो पनि पूर्ण उपचार गर्नुपर्छ ।