शनि ग्रह अर्थात् शनिश्चरको छवि क्रूर ग्रहको रहेको छ। यसको कारण पनि मान्य छ किनकि जब शनि ग्रहको प्रहार हुन्छ, राम्रो-राम्रोको अवस्था पनि दयनीय हुन्छ। यद्यपि शनि एक न्यायप्रेमी देवता हुन्

र शनिदेव वा शनि ग्रह राम्रोको साथ राम्रो र नराम्रोका साथ नराम्रो परिणाम दिन्छन्, तर कहिलेकाहि शनिदेव भक्तहरु पनि अनजानमै गरेका गल्तीहरुका कारण उनको क्रोधको सिकार बन्छन्। त्यसकारण शनि ग्र्हलाई न्यायप्रिय भन्दा पनि दुष्ट ग्रह मानिन्छ। यस लेखमा हामी तपाईलाई शनि दोषको बारेमा बताउछौं ताकि तपाईं

पनि जान्न सक्नुहोस् कि कतै तपाईं पनि शनि ग्रहको दोषको सिकार त हुनुहुन्न ? शनि दोष भनेको के हो ?शनि दोष वास्तवमा जातको कुण्डलीमा शनिको त्यस अवस्थालाई भनिन्छ जसमा शनि ग्रह कष्टदायक

अवस्थामा रहेको छ । यसको धेरै प्रकारहरू हुन सक्दछ। किनकि शनिदेव ढिलो गतिमा चल्दछन्, त्यसैले शनिको पीडा पनि लामो समय रहन्छ । यस अर्थमा शनिको अढैया तथा साढेसाती पनि शनि दोषको रूपमा मानिन्छ।

शनि दोष कहिले हुन्छ?जब शनि मेष राशिमा हुन्छ, यो ग्रह मेष राशिमा नीचको मानिन्छ, जसका कारण यसलाई शनि दोष पनि भनिन्छ। यस बाहेक यदि शनि शत्रु राशिमा छ भने,

यसले पनि जातकलाई समस्या गर्दछ। यदि शनि सूर्यको साथ छ र अस्त छैन भने पनि यो अवस्थामा शनि दोष रहन्छ। शनिको चन्द्रमाको साथ उपस्थिति पनि अशुभ हुन्छ। समग्रमा यदि शनि नीच राशिमा छ, सूर्य वा चन्द्रमाको साथ युति बनाएको छ वा तिनीहरु माथि दृष्टि छ भने यस अवस्थामा शनि दोष बन्दछ।