महान राजनीतिज्ञ मानिने आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा मनुष्यको जीवनमा उपयोगी नीतिको वर्णन गरेका छन् । उनले एक श्लोकको माध्यमबाट व्यक्ति कसरी र कुन स्थितीमा नष्ट हुन्छन्

त्यसबारे चर्चा गरेका छन् । साथै उनले त्यस्ता ब्यक्तिको बारेमा पनि चर्चा गरेका छन् जो सर्पभन्दा खतरनाक हुन्छन् । आज हामी चाणक्यका तिनै नीतिबारे चर्चा गर्नेछौ : दुराचारी च दुर्दृष्टिर्दुरावासी च दुर्जनः । यन्मैत्री क्रियते पुम्भिर्नरः शीघ्रं विनश्यति ।। यस श्लोक मार्फत आचार्य चाणक्य दुष्कर्म प्रति सचेत हुन सुझाउछन् ।

उनी दुराचारी व्यक्ति, दुष्ट स्वभाव भएका मनुष्य, बिना कुनै कारण अरुको हानी गर्ने र दुष्ट व्यक्तिसंग मित्रता राख्ने श्रेष्ठ पुरुष पनि शीघ्र नष्ट हुने बताउँछन् । चाणक्यका अनुसार संगतको प्रभाव मनुष्यमा पर्ने गर्दछ ।

अर्थात विद्याद्धारा अलंकृत भएर पनि दुर्जनबाट टाढा रहनु पर्ने उनको नीति छ । चाणक्यका अनुसार मणिले भूषित भएर पनि सर्प खतरनाक हुने गर्दछ । दुर्जनेषु च सर्पेषु वरं सर्पो न दुर्जनः ।सर्पो दंशति कालेन दुर्जनस्तु पदेपदे ।।

आचार्य चाणक्य यहाँ दुष्टतालाई दृष्टिसंग तुलना गर्दै त्यस पक्षलाई प्रेरीत गर्दछन् जहाँ दुष्टताको दुष्प्रभाव न्युन होस् । उनको मान्यता अनुसार दुष्ट र सर्पमा सर्प राम्रो हुन्छ ।

उनी भन्छन्, सर्पले केवल पटक डस्दछ तर दुष्टले हरेक समय हामी पुर्याउन तयार रहन्छ । यसै कारणले चाणक्य आफ्नो नीति मार्फत दुष्ट व्यक्तिबाट बचेर रहन सुझाउँछन् । चाणक्यका अनुसार दुर्जन व्यक्तिको अनुहारमा प्रसन्नता हुन्छ, वाणी चन्दन जस्तै शितल हुन्छ तर मनमा भने दुर्भावना रहने गर्दछ ।