ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन्। कुनै-कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न

नहुने सुझाव दिइन्छ। भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ।जुन राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छ ?मिथुन र मकर: मिथुन राशिलाई मकरको जिद्दीपन र कुनै पनि कामलाई पूरा गरेरै छोड्ने बानी एकदमै मनपर्छ। यी राशिका व्यक्ति यति प्रभावित हुन्छन् कि मकर राशिले जस्तै जीवनशैली बनाउँने

प्रयास गर्छ। यस्तो अवस्थामा मिथुन राशिले आफ्नो अस्तित्व र आत्मविश्वास गुमाउँने गर्छन्। मेष र वृश्चिक: एकतर्फी प्रेमले कसरी समस्या उत्पन्न गराउँछ भन्ने कुरा यी दुई राशिको जोडीबाट थाहा पाउँन सकिन्छ।

मेष राशिका व्यक्ति वृश्चिक राशिलाई चाहेर पनि मनाउँन सक्दैनन्, टाढा पनि बस्न सक्दैनन् । मेष र वृश्चिकका राशिले चाहेर पनि प्रेम वा विवाह गर्न नहुने ज्योतिष शास्त्रको भनाई छ । वृष र धनु: वृष र धनु राशिबीच प्रेम वा विवाह

सम्बन्धभएमा तहस–नहसको स्थिति सिर्जना गर्ने बताइन्छ। बृष राशिका व्यक्तिहरु जे सोच्छन् वा जीवनमा आफूले बनाएको लक्ष्य धनु राशिले परिवर्तन गराउँने अवस्थामा आउँछ। एकातिर धनु राशिकाले वृषका लाई पूरै

परिवर्तन गराउँन चाहन्छन्, तर वृष राशिका परिवर्तन हुन चाहँदैनन् । यसरी यी राशिबीच तालमेल नमिल्ने हुन्छ । कर्कट र कुम्भ: कर्कट राशिलाई झुट मनपर्दैन, जहाँ कुम्भ राशिले भने सम्बन्धमा धेरै पारदर्शिता

राख्नुपर्छ भन्नेमा विश्वास गर्दैन। त्यसैले, यी राशिबीच तालमेल नमिल्ने हुन्छ र यी बीचको सम्बन्धमा झमेला आउँने बताइन्छ । सिंह र मीन: मीन राशिका व्यक्ति आफ्नै दुनियाँमा व्यस्त रहने हुन्छन, जहाँ सिंह राशिका लागि

भावना देखाउँनु र महसुश गराउँनेमा विश्वास गर्छ। यो पनि – तपाईंले चलाई रहेको सिमकार्ड कसको नाममा दर्ता छ ? सरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय

परिचय पत्रलाई व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउने सरकारको तयारी छ । यसरी सिमकार्डसँग राष्ट्रिपत्र जोडिने भएसँगै प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने भएको छ ।

अर्को तर्फ एक जना व्यक्तिको नाममा एउटै सेवाप्रदायकका दुई भन्दा बढी सिम कार्ड नरहने व्यवस्था गर्दै नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको छ ।

यस्तोमा टेलिकमले अरुको नाममा रहेका तथा दुईभन्दा बढी सिमकार्ड रहेका ग्राहको पहिचान गरी सचेत गराउन थालेको छ । त्यतिमात्र नभएर सिमकार्ड व्यक्तिको बैंकिङ कारोबारदेखि अन्य विभिन्न प्रयोजनमा समेत उपयोग

हुने भएकाले यसलाई सुरक्षाको हिसाबले पनि हेर्न थालिएको छ । त्यसैले प्राधिकरणले विभिन्न समयमा सूचना जारी गर्दै सिमकार्ड आफ्नै नाममा दर्ता गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ । सेवा प्रदायकले पनि यसबारे आफ्ना प्रयोगकर्तालाई सजग गराउँदै आएका छन् ।

केहि दिन अघि प्राधिकरणले सिम बिक्री गर्दा ग्राहकहरुको नागरिकता वा आधिकारिक परिचय खुल्ने कागजात राखेर मात्र सिम बिक्री गर्नुपर्ने र एक ग्राहकलाई अधिकतम २ भन्दा बढी सिम बिक्री गर्न नपाउने गरी निर्देशन दिएको छ । यसैक्रममा नेपाल टेलिकमले

अनस्टक्चर सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सकिने व्यवस्था मिलाएको छ । टेलिकमले यसअघि म्यासेज पठाएर आफूले प्रयोग गरिरहेको सिमबारे जानकारी लिन सक्ने व्यवस्था मिलाएको थियो । अब भने प्रयोगकर्ताको थप सहजताको लागि यूएसएसडी मार्फत समेत त्यस्तो सुविधा दिन थालिएको हो ।