सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । पछिल्लो समय टिक टक युवा हरु माझ

लोकप्रि`य बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् । यस्ता प्ल्याट फर्म मा राखिए`का कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन ।

टिकटक मा हालिएका कतिपय भिडियो हरु अन्य सामा`जिक सञ्जालमा भाइ`रल बनिरहेका हुन्छन् । सुवास टिकटकमार्फत् अङ्ग्रे`जी भाषा सिकाउँछन्। कहिलेकाहीँ मनोरञ्जनात्मक भिडिओ पनि बनाउने उनका लागि

टिकटक आफ्नो व्यवसाय प्रचार गर्ने सशक्त माध्यम बनेको छ। उनले कोरोना`भाइरसको महा`मारी चलिरहेको बेला एउटा शैक्षिक परामर्श केन्द्र खोले। छ महिनाअघि सुरु भएको उक्त परामर्श केन्द्रको टि`कटक खातालाई हाल दुई

लाख ७० हजार जनाभन्दा बढीले पच्छ्याएका छन् भने त्यस खातामा भएका भिडिओ ४४ लाख प्रयोगकर्ताले मन पराएका छन्। “ब्रिटिश काउन्सिल, चर्चित प्रेरणात्मक वक्ताहरूलाई समेत टिक`टकमा सक्रिय देखेपछि- यस माध्यमको

कुशल प्रयोग गर्न सकिन्छ भन्ने महसुस भयो,” सुवास टिकटक प्रयोग गर्नुको कारण`बारे सुनाउँछन्। सुरुमा उनले ‘कसरी असल अभिभावक बन्ने?’ भन्ने विषयमा आफ्नो अनुभव र विचार भएका सामग्री दिन

थाले। एकदुईवटा भिडिओमा आएको सकारात्मक प्रतिक्रियाले उनी उत्साहित भए। गुणस्त`रीय सामग्रीप्रति मानिसको चासो देखेपछि उनले अङ्ग्रेजी भाषासम्बन्धी आफ्नो ज्ञानलाई नै विभिन्न तरिकाले प्रस्तुत गर्न थालेका हुन्।

“त्यहाँ एकदमै अस्वस्थ प्रतिस्पर्धा हुन्छ। मानिस`हरू गाली गर्नकै लागि, नैतिक उत्पीडन दिन नक्कली अकाउन्ट बनाएर प्रतिक्रिया दिइरहेका हुन्छन्,” सुवासले भने,”त्यस्ता प्रतिक्रियाले कति र कस्तो असर गर्छ भन्ने चाहिँ मानिसको सहने क्षमतामा भर पर्छ।”

सार्व`जनिक वृत्तमा हरेक खाल`का मानिसको पहुँच हुने भएकाले कस्ता सोच र प्रवृत्तिको मतलब गर्ने र कस्तालाई बेवा`स्ता गर्ने भन्ने विषय ध्यान दिनुपर्ने उनको कथन छ। यहाँ देखिने भिडियोमा एक युवतीले नेपाली र्याप गीतमा लिप्सिङ गरेकी छिन् । उनले जुन गीत मा अभिनय गरेकी छिन् जुन गीत का शब्द अपाच्य छन् ।