एजेन्सी : झूट बोल्नु भनेको खराब बानीमा गनिने गर्छ। तर पनि मानिसहरु आफ्नो फाइदाको लागि झुठ बोल्ने गर्छन्। तपाईलाई झुठ बोल्ने बानि हाम्रो राशिसँग पनि जोडिएको हुन्छ।

ज्योतिषकोअनुसार, हाम्रो जीवनमा राशिको चक्रको धेरै प्रभावकारी प्रभाव रहने गर्छ। राशिको संकेतको साथ, हामी व्यक्तिको जीवनसँग सम्बन्धित धेरै सानो जानकारी पनि पाउन सक्छौं। राशिका अनुसार कुन राशि धेरै झुठ बोल्ने गर्छन् भन्ने बारे आज हामी तपाईलाई जानकारी दिनेछौं।

मेष राशि : यस राशि भएका व्यक्तिहरु एकदम स्पष्ट तरिकाबाट व्यवहार गर्नमा रुची राख्ने गर्छन्। सिधा तरिकाबात हरेक कार्य गर्न रुचाउने यस राशिका व्यक्तिहरुलाई खासै झुठ बोल्नु पर्ने आवस्यकता पनि रहने गर्दैन भने यस राशिका मानिसहरु झुठ माथि सजिलै विश्वास पनि गरिहाल्दैनन्।

वृष राशि : यस राशि भएकाक्तिहरु जिद्दी प्रकृतिक हुने गर्छन्। आफलाई मन परेको हरेक चिज पाउनको लागि धेरै लालायित समेत रहने भएका कारण सानो-तिनो झुठ भने बोल्ने गर्छन्। तर ठुलै झुठ बोल्न भने डराउने समेत गर्छन्।

मिथुन राशि : यस राशि भएका व्यक्तिहरु आकर्षणमा रहने चाहने हुन्छन्। साथै अरुको नजरमा आफु उत्कृष्ठ रहनु पर्ने भएका कारण धेरै झुठ बोल्ने गर्छन्। सोच स्थिर रहने भएका कारण आफ्नो रुची समेत बदल्ने गर्छन्। पाइला-पाइलामा झुठ बोले पनि खासै नपत्याउने झुठ भने बोल्दैनन्।

कर्कट राशि : यस राशि भएका व्यक्तिहरु धेरैनै ईमानदार रहने गर्छन्। साथै अरुले के सोच्छन् भन्ने कुरामा समेत चिन्तित रहने गर्छन्। आफ्नो लागि नभई अरुको फाइदाको लागि भने थोरै मात्रामा झुठ बोल्न सक्ने यस राशिका मानिसहरु आफ्नो लागि भने खासै झुठ बोल्दैनन्।

कन्या राशि : यस राशि भएका व्यक्तिहरुलाई झुठ बोल्ने कार्य मन नपर्ने हुन्छ। जसका कारण धेरै अवस्थाहरुमा झुठ बोल्दै-बोल्दैनन्। धेरैरो परिस्थितिमा पनि धेरै सोचेर मात्रै झुठ बोल्ने यस राशिको बानि रहेको हुन्छ। सानो तिनो समस्याको लागि भने कहिले पनि झुठ बोल्ने गर्दैनन्।

धनु राशि : यस राशि भएका मानिसहरु झुठ बोल्ने कार्यको जहिले पनि विरुद्ध रहने गर्छन्। सकेसम्म झुठ बोल्ने अवस्थामा पनि आनाकानी गर्ने यस राशिका मानिसहरु आफ्नो आफन्त साथै साथीको लागि भने सम्भव भएसम्म धेरै सानो साथै सामान्य झुठ भने बोल्न सक्छन्।