हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर बधुको चिना मिलाउँदा युवती (महिला)को लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती (महिलालाई सर्वश्रेष्ठ मानिन्छ ।

धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ।  धेरैलाई थाहा नहुनु सक्छ, महिलनामा हुनु पर्ने ३२ वटा गुणहरु के के हुन् भनेर । यो आलेमा महिलामा हुनुपर्ने ३२ गुणबारे उल्लेख गरिएको छ। १) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु। २) हातका औँला लामा–लामा हुनु ।

३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु । ४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।६) हरिणका जस्ता फिला हुनु ।  ७) गुप्ताङगहरु गुप्त रहनु ।

८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु । ९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु । १०) काँध पुष्ट, चौडा र गोलो हुनु ।११) पाखुरा राम्ररी फर्कने हुनु । १२) पाखुरा लामा हुनु । १३) सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४) शंख समान घाँटी हुनु । १५) सोझो र सिंहको जस्तो चिउँडो हुनु । १६) ३२ वटा दाँत हुनु । १७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।१८) समान मिलेका दाँत हुनु । १९) बंगारा स्वच्छ र सुन्दर हुनु ।

२०) जिब्रो लामो हुनु । २१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु । २२) पातलो (सुरिलो) स्वर हुनु । २३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु । २४) कुरा (बाचा)मा अडिक रहनु ।

२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु । २६) मिलेको कपाल हुनु । २७) अल्छी नहुनु । २८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु । २९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु । ३०) चमक्क चम्किने केश हुनु । ३१) स्वभाव लज्जालु हुनु । ३२) दुढ आत्मविश्वास हुनु ।