काठमाडौँ । यदि तपाईँ शास्त्रमा विश्वास गर्नुहुन्छ शास्त्रलाई मान्नु हुन्छ भने केही त्यस्ता व्यक्तिहरू जसको हातमा पैसा टिक्दैन । हाम्रो जीवनमा पैसा यति महत्त्वपूर्ण चिज हो कि जसले गर्दा हामी धेरै खुसी र सुखी बन्न सक्छौ ।

सबै ठाउँमा भने यो सत्य हुँदैन तर पैसा जीवनमा एकदमै आवश्यक चिज हो । आवश्यक चिज नै हाम्रो जीवनमा टिक्दैन भने जीवन नरमाइलो हुन्छ। शास्त्र मा लेखिए अनुसार हाम्रो शरीरमा हुने कोठी को धेरै नै महत्त्व रहन्छ हामीले जति पैसा कमाए पनि हाम्रो यी अङ्गहरुवा कोठी छ भने हाम्रो हातमा पैसा टिक्दैन समुन्द्र शास्त्रका

अनुसार हाम्रो सरिरमा हुने कोठीहरूले सबै ठाउँ ठाउँबाट फरक अर्थ दिई राखेका हुन्छन् सबै कोठीहरूको छुट्टाछुट्टै महत्त्व छ। कतिपय भागमा हुने कोठीले हाम्रो जीवनमा धेरै राम्रो फल दिएका हुन्छन् भने कतिपय

ठाउँमा हुने कोठीले नराम्रो फल दिएका हुन्छ । हाम्रो शरिरको यी भागमा कोठी हुने व्यक्तिहरूको हातमा पैसा टिक्दैन हेर्नुहोस् । यी भागमा कोठी भएका व्यक्तिको हातमा पैसा अडिन्न बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो ।

यस्ता व्यक्तिको हातमा पैसा परे पनि खर्च भइहाल्छ ।बचत गर्न सक्दैनन्। तल्लो ओठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओठमा कोठी भएका व्यक्ति भने कामुक

हुने समुन्द्र शास्त्रमा उल्लेख छ ।बायाँ हत्केलामा कोठी हुनेहरू पनि खर्चालु हुन्छन् । यिनीहरूबाट पैसा बचत हुनु सम्भव छैन ।बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने सङ्केत हो ।

यस्ता व्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।चोरी औँलामा कोठी छ भने यस्ता व्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।हत्केलामा वृहस्पति पर्वतमा कोठी छ

भने यस्ता व्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरूलाई पैसा हात लागे पनि बचत हुँदैन ।बायाँ आँखी भौंमा कोठी भएका व्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरूले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ। बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने सङ्केत हो । यस्ता व्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।