व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा यो’अर्थात् महिलाका प्रजनन अंगको मुख्य

भागको हकमा पनि लागू हुन्छ । महिलाको यो’सनीको आकारले के फरक पर्छ रु यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासोमा पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि यो कुरा कम चासोको विषय चाहिँ होइन । महिलाहरुले यो विषयमा खासै कुरा गर्न नचाहन पनि सक्छ ।

कतिपय महिलाहरुले तिनका यो’नीको आकारका बारेमा चिन्ता गर्न पनि सक्छ र त्यसले नान्दमा वा बच्चा जन्माउने सन्दर्भमा के क स्तो असर पार्न सक्छ भन्ने चासो र चिन्ता पनि तिनमा रहने गर्छ । तर यस क्षेत्रमा खासै अनुसन्धानहरु भएका छैनन् । किनभने महिलाको

गतिविधिमा थुप्रै पक्षहरुले भूमिका खेल्ने गर्छन् । त्यसमाथि थप आकार र नान्दका बीच के सम्बन्ध हुन्छ भन्नेबारेमा भन्नै कठिन पनि छ । आकारको सम्बन्धका बारेमा बुझ्ने हाम्रो क्षमतालाई सही ढंगले बुझिएको छैन क्रिस्टोफर टार्नेले वेवमेडसँगको

कुराकानीमा यसो भन्छन् । उनी उक्ला मेडिकल सेन्टरका फिमेल मेडिसिन एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी विभागका डाइरेक्टर हुन् । उनका अनुसार ‘‘बितेका १० देखि १५ वर्षमा यौन औषधी विज्ञानका क्षेत्रमा धेरै चासोहरु दिइएका छन् । यो’नी अत्यन्तै लचिलो

इलास्टिक जस्तो खुम्चने र तन्कने क्षमता भएको अंग हो’’, बाल्टिमोरस्थित मर्सी मेडिकल सेन्टरका एडोल्सेन्ट गाइनोकोलोजी एण्ड वेल वुमेन केयरका डाइरेक्टर क्रिश्टाइन ओ कोनोर भन्छन् ।

यो आफ्नो ठाउँमा टेम्पोन महिनावारी भएको बेला रगत सोस्न राखिने रुवा वा कपडाको सामान जुन भिजेपछि फैलिने गर्छ र रगतलाई चुहिन दिँदैन लाई अड्याएर राख्न सक्ने गरी सानो हुन सक्छ भने एउटा सिंगो बच्चालाई त्यसबाट पार गराउन सक्ने गरी

फैलिन सक्ने पनि हुन्छ । यस्तो किन हुन्छ भने यो’नीका भित्री भित्ताहरु हाम्रा आमाशयसँग मिल्दोजुल्दो हुन्छ त्यो प्रयोग नहुँदा एकअर्कामाथि खप्टिएर पत्रपत्र बनेर बसेको हुन्छ जुन आवश्यक पर्दा फैलिन सक्छ । त्यो एउटै निश्चित आकारमा रही रहँदैन ओ

कोनोर भन्छन् यो तत्क्षण त्यसक्षेत्रबाट पार भइरहेको वस्तु वा चीजलाई ग्रहण गर्न सक्ने गरी परिवर्तित भइरहेको हुन्छ । महिलाको यो’नीको आकारलाई नाप्ने काम सामान्यतः सबैभन्दा

पहिले सन् १९६० को दशकमा मास्टर एण्ड जोनसनले गरेको कार्यबाट  थालनी भएको पाइन्छ । उनीहरुले कहिल्यै गर्भवती नभएका १०० महिलाहरुमाथि परीक्षण गरेर हेर्दा सामान्य

अवस्थामा महिलाहरुको योनी २.७५ इन्चदेखि ३.२ इन्चसम्म  हुने गरेको पाएका थिए । तर तिनै महिलाहरु कामोत्तेजित हुँदा त्यो बढेर ४.२५ देखि ४.७५ इन्चसम्म भएको पाएका थिए । तर कत्रो छ भन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ क्रियामा बाहिरी एक तिहाई हिस्साले मात्रै महत्त्वपूर्ण भूमिका खेल्ने मानिएको छ ।