तपाई हाम्रो जीवन राशि अनुसार चल्छ भन्ने ज्योतिष शास्त्रको भनाइ हो । गृह, नक्षत्रका कारण हाम्रो जीवनमा प्रभाव परेको हुन्छ। हामी ज्योतिषीसँग खासै सरोकार राख्दैनौं तर, सत्य के हो भने हाम्रो जीवनमा
परिआएको कुनै समस्या ज्योतिषले हल गर्छन तर अन्य उपायबाट हामीले समाधान नपाउन सक्छौ। कुनै व्यक्ति कस्तो होला ? जस्तो देखिन्छ भित्री रुपमा पनि त्यस्तै होला त् ? यी सवालको जवाफ हामी ज्योतिषबाट लिन सक्छौ र साथै गोप्य कुराहरु समेत थाहा पाउन सक्छौ। ज्योतिष विद्याबाट कुण्डली हेरेर हामी आफ्नो तथा अरुको बारेमा धेरै गोप्य कुराहरुको
जानकारी प्राप्त गर्न सक्छौ । त्यस्तै हामीले राशिबाट पनि कुनैपनि व्यक्तिलाई सजिलै चिन्न सक्छौ । हरेक राशिमा एक खास खुवी हुन्छ, व्यक्ति पिछे राशि फरक हुन्छ र हरेक राशिको खुवी स्वतःव्यक्ति भित्र निहित रहन्छ।
ज्योतिषी अनुसार सबै राशि उत्तिकै महत्वपूर्ण हुन्छन् । तर, ति मध्ये ४ वटा राशि यस्ता छन् जो साचिकै बलिया हुन्छन् । यी राशिहरु यति बलवान हुन्छन् की अरुले उसको अगाडि घुडाटेकेर बस्नु पर्ने बाध्यता हुन्छ।
मेष राशि सबैभन्दा पहिलो श्रेणीमा मेष राशि पछ । मेष राशि अन्य राशिहरु भन्दा उर्जावान हुन्छ। यो राशि भएका मानिसहरु सधैं सक्रिय हुन्छन्, यिनीहरु रोकिदैन्न । आफुलाई दिक्क बनाउने मानिसहरुलाई मेष राशिका व्यक्तिहरुले वास्ता गर्न छाडछन् ।
यो राशिका मानिसहरुले अरुलाई विश्वास गर्दैनन् र सबै कुराहरु आफ्नै मातहत राख्न सक्षम हुन्छन् । यि राशिका मानिसहरु जुनसुकै कार्यमा आफ्नो निर्णय लागू गराउन चाहन्छन् तर धेरैजसो सफल हुन्छन् । अरुबाट प्रभावित भएर यि राशिका व्यक्तिहरुले आफ्नो जीवनको दिशा बदलिदैन ।
बृश्चिक राशि बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुनुका साथै यिनीहरु भित्र विद्रोहको भावना हुन्छ । जो मानिसहरु योग्य छन् यस राशिका व्यक्तिहरु उनीहरुप्रति इमान्दार रहन्छन् । तर, जो धोकेबाज हुन्छन् तिनीहरु यस राशिका व्यक्तिहरुबाट संधै सावधान हुनुपर्छ ।
यि राशिका मानिसहरु धेरै भावुक हुन्छन् त्यसैले यीनिहरुलाई दुख कष्ट सहन मुस्किल हुन्छ । यि राशिका मानिसहरुले भविश्यका संभावित घटनाहरुबारे पूर्व जानकारी पाउने क्षमता हुन्छ ।
कुम्भ राशि कुम्भ राशिका मानिसहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यि राशिका व्यक्तिहरु आफ्नो भावन र समवेदनाहरुको वास्ता नगरी अगाडि बढ्ने स्वभावका हुन्छन् । यस राशिका व्यक्तिहरु धेरै रोचक र जिज्ञासु हुनुका साथै बुद्धिमान पनि हुन्छन् । यीनिहरु आत्मविश्वासी हुनुका साथै जिद्धी पनि हुन्छन् ।
मकर राशि मकर राशि सबैभन्दा उत्कृष्ट राशि हो । यो राशिका मानिसहरु सक्रिय हुन्छन् । यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना प्रबल हुन्छ । मकर राशिका व्यक्तिहरु अन्य राशि भएका व्यक्तिहरु भन्दा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै हुन्छ । यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्ने खालका हुन्छन्।